default_image

2 years ago

September 3, 2023

मिराज र शान्टोको शतकमा बंगलादेश सुपर फोरमा

6960 views

0 Bookmark

एजेन्सी – ओपनर मेहेदी हसन मिराज र मध्यक्रमका ब्याटर नाज्मुल हसन शान्टोेको शतकमा बंगलादेशले एसिया कपमा अफगानिस्तानलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट बंगलादेश नेटरनरेटको कारण शीर्ष दुईमा रहँदै सुपर फोर खेल्ने पक्का भएको छ ।

जितको लागि ३ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ४४.३ ओभरमा २ सय ४५ रनमा अल आउट भयो । अफगानिस्तानका युवा ओपनर इब्राहिम जद्रानले ७४ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।

कप्तान हश्मातुल्लाह शाहिदीले ६० बलमा ६ चौकासहित ५१, रहमात शाह ३३, रहमानउल्लाह गुरबाज १, नाजिबुल्लाह जद्रान १७, मोहम्मद नाबी ३, गुलबदीन नाइब १५ रनमा आउट भए ।

बंगलादेशका तस्किन अहमदले ८.३ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । शोरिफुल इस्लामले ९ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।

मेहेदी हसन मिराजले १ सय १९ बलमा ७ चौका र ३ छक्कासहित १ सय १२ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको दोस्रो शतक र उत्कृष्ट प्रदर्शन हो । शान्टो १ सय ५ बलमा ९ चौका र २ छक्कासहित १ सय ४ रनमा आउट भए । तेस्रो विकेटका लागि शान्टो र मिराजले १ सय ९० बलमा १ सय ९४ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।


ओपनर मोहम्मद नइम २८, मुश्फिकुर रहि २५, कप्तान सकिब अल हसन ३२ र शमिम हसैनले ११ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एक एक विकेट लिए ।

समूह बी मा बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान पक्का गराएको छ । बंगलादेशको नेटरनरेट प्लस०.३७३ छ । अफगानिस्तानको नेटरनरेट माइनस १.७८० छ । श्रीलंका १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंकाको नेटरनरेट प्लस ०.९५१ छ ।

मंगलबार श्रीलंका र अफगानिस्तानबीच लाहोरमा खेल हुनेछ । यदि अफगानिस्तानले विशाल अन्तरको जित हात पारे सुपर फोरमा स्थान बनाउनेछ । सामान्य जितले भने अफगानिस्तान सुपर फोरमा पुग्न सक्दैन ।

अफगानिस्तान सुपर फोरमा पुग्न कम्तिमा आफ्नो माइनस नेटरनरेट हट्ने हुनुपर्छ । अफगानिस्तानको माइनस नेटरनरेट मिलाउन फराकिलो जित हात पार्दा श्रीलंकाको घटेर माइनसमा आउनेछ । श्रीलंका र अफगानिस्तान मध्य एकमात्रै टोली अव सुपर फोरमा पुग्नसक्छन् । त्यसैले बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.