2 years ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालले पहिलो पटक भारतसँग खेल्दैछ ।

पहिलो खेलमा पाकिस्तानविरुद्ध वर्तमान समयकै विश्वको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामणको सामना गरेको नेपाल भारतविरुद्ध आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपाल र भारतबीचको खेलमा प्रभाव पार्न सक्ने दुबै टोलीका प्रमुख दुई खेलाडी यस प्रकार छन् ।
१.विराट कोहली (भारत)
विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक सर्वोत्कृष्ट ब्याटर हुन् । कोहलीको क्षमता र प्रदर्शनको जति तारिफ गर्दा पनि कम हुन्छ । नेपाली खेलाडी कोहलीको खेलबाट धेरै कुराहरु सिक्नेछन् । कोहली एक्लै नेपालविरुद्ध विशाल योगफल बनाउन सक्छन् ।

विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका कोहली नेपालविरुद्ध हाबी हुनसक्ने खेलाडीमा पर्दछन् । पहिलो खेलमा पाकिस्तानसँग चार रनमा आउट भएका कोहलीलाई ठूलो प्रदर्शनका दबाब हुनेछ ।
कोहलीले २ सय ७६ ओडिआईमा ४६ शतक र ६५ अर्धशतकसहित कुल १२ हजार ९ सय २ रन बनाएका छन् । टेस्टमा कोहलीले २९ शतकसहित कुल ८ हजार ६ सय ७६ रन बनाएका छन् । कोहलीको विकेट हरेक नेपाली बलरलाई ड्रिम हुनेछ ।
सोमपाल कामी (नेपाल)

अलराउन्डर सोमपाल कामी खेलमा प्रभाव जमाउन सक्ने खेलाडी हुन् । सोमपाल नेपालका प्रमुख बलर हुन् । नयाँ बलका साथ सोमपालले राम्रो बलिङ गर्नसक्छन् ।
सोमपाल ब्याटिङ पनि राम्रो गर्ने क्षमता राख्छन् । पाकिस्तानको बलिङ आक्रामण सामु सोमपालले २८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । सोमपाल तीव्र गतिको बलिङ राम्रो खेल्ने गर्दछन् । आजको खेलमा राम्रो प्रभाव जमाउन सक्छन् ।
मोहम्मद शिराज(भारत)

भारतका तीव्र गतिका बलर मोहम्मद शिराज नेपालविरुद्ध हाबी हुनसक्छन् । शिराज स्वींग र गतिका लागि चिनिन्छन् । उनले भारतीय क्रिकेट टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।
शिराजले २५ ओडिआईमा ४३ विकेट लिएका छन् । पछिल्लो समय शिराजले लगातार राम्रो प्रदर्शन पनि गर्दै आएका छन् ।
सन्दीप लामिछाने (नेपाल)

सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । लेगस्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विश्वका सबै चर्चित विदेशी लिग खेलेका छन् । सन्दीपले सन् २०१८ देखी २०२१ सम्म आइपिएल खेल्दा भारतीय सबै खेलाडीविरुद्ध खेलेको अनुभव छ ।
ओडिआई क्रिकेटमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने विश्व कीर्तिमान बनाएका सन्दीपबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । जादुमयी नतिजा हात पार्न सन्दीपले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।
सन्दीपले ५० ओडिआई खेलमा १ सय १२ विकेट लिएका छन् । भारतलाई स्तब्ध पार्न सन्दीपको उत्कृष्ट प्रदर्शन विना सम्भव कम देखिन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]