2 years ago
September 4, 2023
एजेन्सी – उपाधि दाबेदार भारतले एसिया कपमा आज नेपालसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

सुपर फोरमा पुग्न भारतलाई यो खेल जित्नै पर्ने हुन्छ । त्यसैको कारण भारतले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईका खेलाडीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ ।
पाकिस्तानसँगको खेलबाट भारतले टोलीमा एक परिवर्तन गर्ने पक्काछ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएका छन् । उनको स्थानमा अर्का अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले खेल्नेछन् ।
लोकेश राहुलले सुरुवाती दुई खेल गुमाउने भारतले प्रतियोगिता अघिनै जानकारी दिएको थियो । ओपनरमा रोहित शर्मा र शुभमन गिल हुनेछन् । ओडिआईमा तीन दोहोरो शतक हानेका कप्तान रोहित शर्माको प्रदर्शन महत्वपूर्ण हुनेछ । विराट कोहली तेस्रो नम्बरमा खेल्नेछन् । कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याटर हुन् ।
चौथो नम्बरमा श्रेयस ऐर र पाँचौं नम्बरमा विकेटकिपर ईशान किशन खेल्नेछन् । भारतको रणनीति शीर्ष ब्याटरबाट ठूलो इनिङ खेल्ने हुनेछ ।
हार्दिक पान्ड्या छैटौं, रविन्द्र जडेजा सातौं र शार्दुल ठाकुर आठौं नम्बरमा खेल्नेछन् । कुलदीप यादव नवौं, मोहम्मद शामी दशौं र मोहम्मद शिराज ११ औं नम्बरमा खेल्नेछन् । रविन्द्र जडेजा स्पिन र हार्दिक पान्ड्या तीव्र गतिको अलराउन्डरको रुपमा खेल्नेछन् ।
नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]