default_image

2 years ago

September 4, 2023

नेपालसँग खेल्ने भारतको सम्भावित प्लेइङ–११

2038 views

0 Bookmark

एजेन्सी – उपाधि दाबेदार भारतले एसिया कपमा आज नेपालसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ मा श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ ।

सुपर फोरमा पुग्न भारतलाई यो खेल जित्नै पर्ने हुन्छ । त्यसैको कारण भारतले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईका खेलाडीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ ।

पाकिस्तानसँगको खेलबाट भारतले टोलीमा एक परिवर्तन गर्ने पक्काछ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएका छन् । उनको स्थानमा अर्का अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले खेल्नेछन् ।

लोकेश राहुलले सुरुवाती दुई खेल गुमाउने भारतले प्रतियोगिता अघिनै जानकारी दिएको थियो । ओपनरमा रोहित शर्मा र शुभमन गिल हुनेछन् । ओडिआईमा तीन दोहोरो शतक हानेका कप्तान रोहित शर्माको प्रदर्शन महत्वपूर्ण हुनेछ । विराट कोहली तेस्रो नम्बरमा खेल्नेछन् । कोहली वर्तमान समयका एक उत्कृष्ट ब्याटर हुन् ।

चौथो नम्बरमा श्रेयस ऐर र पाँचौं नम्बरमा विकेटकिपर ईशान किशन खेल्नेछन् । भारतको रणनीति शीर्ष ब्याटरबाट ठूलो इनिङ खेल्ने हुनेछ ।

हार्दिक पान्ड्या छैटौं, रविन्द्र जडेजा सातौं र शार्दुल ठाकुर आठौं नम्बरमा खेल्नेछन् । कुलदीप यादव नवौं, मोहम्मद शामी दशौं र मोहम्मद शिराज ११ औं नम्बरमा खेल्नेछन् । रविन्द्र जडेजा स्पिन र हार्दिक पान्ड्या तीव्र गतिको अलराउन्डरको रुपमा खेल्नेछन् ।

नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.