default_image

2 years ago

September 4, 2023

छोरालाई जन्मदिनको उपहारमा विष्फोटक शतक

9001 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका अलराउन्डर रहकीम कर्नवालले आफ्नो छोरालाई जन्मदिनमा उपहार विष्फोटक शतक दिएका छन् । बार्बाडोस रोयल्सबाट क्यारेवियन प्रिमियर लिगमा उनले सेन्ट किट्स एण्ड प्याट्रियटसविरुद्ध विष्फोटक शतक प्रहार गरेका हुन् । कर्नवालको शतकमा बार्बाडोसले ८ विकेटको एक यादगार जित हात पार्यो ।

जितको लागि २ सय २१ रनको विशाल विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बार्बाडोसको जितमा रहकीम कर्नवालले ४८ बलमा ४ चौका र १२ छक्कासहित १ सय २ रनको सानदार शतकीय इनिङ खेले ।

३० वर्षीय कर्नवालको यो टि२० करिअरको पहिलो शतक हो । वेस्टइन्डिजको टेस्ट टोलीमा नियमित खेल्दै आएपनि सिमित ओभरमा मौका पाउन सकेका छैनन् ।

कर्नवालले खेलपछि आफ्नो शतक छोराको जन्मदिनलाई समर्पित गर्ने बताएका छन् । ‘आज मेरो छोराको जन्मदिन हो । म यो प्रदर्शन उनलाई समर्पित गर्न चाहन्छु । मेरा दुई छोरा मलाई सधैं साथ दिनछन् । पिच साँच्चै राम्रो थियो र मैले आफैंलाई समर्थन गरे’, खेलपछि कर्नवालले भनेका छन् ।

हेभिवेट भएपनि उनले क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । फिटनेशको लागि शारीरिक तौल भन्दा पनि आफू फिट हुनु पर्ने उदाहरण प्रस्तुत गर्दै आएका छन् । वेस्टइन्डिजबाट १० टेस्ट खेलमा दुई अर्धशतकसति २ सय ६१ रन बनाउनुको साथै ३५ विकेट लिएका छन् । कर्नवाल स्पिन बलिङ राम्रो गर्ने गर्दछन् । यस खेलमा उनले बलिङमा दुई विकेट लिएका थिए ।

त्यस्तै बार्बाडोसको जितमा कप्तान रोभम्यान पावेल २६ बलमा ५ चौका र ३ छक्कासहित ४९ रनमा नट आउट रहे । कायल मेयर्स २२, लौरी इभान्स २४ र एलिक एथान्जे १३ रनमा नट आउट रहे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सेन्ट नर्भिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २० रनको योगदान दिए । कप्तान शेर्फान रदरफोर्डले २७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए । विल स्मीडले ३६ बलमा ५ चौका र ४ छक्कासहित ६३, आन्द्रे फेल्चरले ५६ रन बनाए ।

बार्बाडोसका रहकीम कर्नवालले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सिपिएलमा सेन्ट लुसिया किंग्स ६ खेलमा ८ अंकका साथ शीर्षथानमा छ । गुयाना एमोजन ४ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.