default_image

2 years ago

September 4, 2023

भारतले नेपालविरुद्ध पहिला बलिङ गर्ने

880 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो ।

नेपालको प्लेइङ ११ ः

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११ ः

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.