default_image

10 months ago

September 4, 2023

नेपालविरुद्ध भारतको कमजोर फिल्डिङ

508 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतले एसिया कपमा एसोसिएट टोली नेपालविरुद्ध सुरुवातमा कमजोर फिल्डिङ गर्दै तीन ठूला जीवनदान दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २३ रन बनाएको छ ।

ओपनर कुशल भुर्तेल ११ बलमा १ चौकासहित १२ रनमा छन् । आसिफ शेख एक चौकासहित ७ रनमा खेलेका छन् ।
तीव्र गतिका बलर मोहम्मद शामीको पहिलो ओभरको अन्तिम बलमा बल एज लागेर फस्ट स्लिपमा जादा श्रेयस ऐरले कुशल भुर्तेललाई ब्यक्तिगत एक रनमा जीवनदान दिएका थिए ।

दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए । कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले सर्ट कभरमा जीवनदान दिन पुगेका थिए ।

शामीको पाँचौं ओभरको दोस्रो बलमा लेग साइडमा खेलेको बल विकेटकिपर ईशान किशनले पुन छाड्न पुगेका थिए । कुशलले दोस्रो जीवनदान ब्यक्तिगत ७ रनमा पाएका थिए ।

July 12, 2024

क्रिकेटर आसिफ इलाइट मुभर्सको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ओपनर ब्याटर आसिफ सेख इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन्। इलाइटले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आसिफसँग आफ्नो सद्भावना दुतको रुपमा सम्झौता गरेको हो । आसिफले इलाइटको ब्रान्ड एम्बासडर बनेकोमा खुसी व्यक्त गरे। उनले खेलाडीको मनोबल बढाउनको लागि इलाइटले चालेको कदम प्रति आभारी रहेको […]

July 12, 2024

एन्डरसनको अन्तिम टेस्टमा इङ्ल्यान्डको जित

एजेन्सी – टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रा बलर जेम्स एन्डरसनको बिदाइ खेलका रुपमा रहेको वेस्ट इन्डिज विरुद्धको टेस्ट इङ्ल्यान्डले एक इनिङ १ सय १४ रनको जित निकालेको छ । दोस्रो इनिङमा वेस्ट इण्डिज १ सय ३६ रनमा अल आउट भएपछि इल्यान्डले शुक्रबार फराकिलो जित हासिल गरेको थियो। पहिलो इनिङमा वेस्ट इन्डिजले १ सय २१ […]

July 10, 2024

दोस्रो अभ्यास खेलमा पनि नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो […]

Success

Thank you for your time.