2 years ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल एसिया कपमा भारतविरुद्ध आउट भएका छन् । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ९३ रन बनाएको छ । आसिफ शेख ७१ बलमा ३ चौकासहित ३९ रनमा क्रिजमा छन् ।
उनलाई कुशल मल्लले साथ दिनेछन् । ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै आउट भएका थिए । कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे ।
१९ औंओभरको अन्तिम बलमा आसिफ शेखलाई अम्पायरले आउट दिएका थिए । तर आसिफले रिभ्यु लिएपछि बल स्टम्प मिस देखिदा बचेका थिए ।
पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए । पावर प्लेमा ६५ रन जोडेपनि नेपालले कुशल भुर्तेल आउट भएपछि रन जोड्न केहि संघर्ष गरेको थियो ।
स्पिनर रविन्द्र जडेजाको १६ औं ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]