default_image

2 years ago

September 4, 2023

भारतविरुद्ध नेपालको उत्कृष्ट ब्याटिङ, वर्षाले खेल रोकियो

2425 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा भारतविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपनि वर्षाको कारण खेल रोकिन पुगेको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको छ ।

वर्षाको कारण कभर ढाकिएको छ । दुबै टोलीका खेलाडी पेभेलिएन फर्केका छन् । नेपालका दीपेन्द्रसिंह ऐरी २० बलमा ३ चौकासहित २७ रनमा नटआउट छन् । सोमपाल कामी २० बलमा १ चौकासहित ११ रनमा नटआउट छन् । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनमा आउट भए ।

ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।

गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले ९ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ७ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर २ विकेट लिएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.