default_image

2 years ago

September 4, 2023

भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै बाहिरियो नेपाल

6925 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ । भारतसँगको हारले नेपाल अंक विहीन हुँदै बाहिरिएको हो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।

नेपालले भारतीय कप्तान रोहित शर्मालाई १६ रनमा जीवनदान दिएको थियो । सातौं ओभरको पाँचौं बलमा सन्दीप लामिछानेलाई प्रहार गरेको सर्ट डिप स्क्वायर लेगमा गुलशन झालाई छाड्न पुगेका थिए ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

त्यसअघि श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका ओपनर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै ड्रिम सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई अन्य ब्याटरले निरन्तरता नदिदा विशाल योगफल बनाउन चुकेको थियो ।

तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको १६ औं ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगे । स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे ।

जडेजाको २२ औं ओभरको पाँचौं बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा पुगेको थियो ।

आसिफ तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप एज लागेको बल कोहलीले सर्ट कभरमा एक हातले क्याच लिन पुगे । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे ।

३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रनको आंकडा पार गराएका थिए ।

दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहे ।

भारतको जितमा रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए । वर्षाको कारण लगातार खेल प्रभावित बनेको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह ए मा भारत २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेको छ ।

पाकिस्तान २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरमा स्थान बनायो । समूह बी मा बंगलादेश सुपर फोरमा पुगेको छ । अफगानिस्तान र श्रीलंका मध्य एक टोली सुपर फोरमा पुग्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.