2 years ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले एसिया कपमा भारतसँगको खेलपछि विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका छन् । वर्षाले प्रभावित खेलमा नेपाल भारतसँग डकवर्थ लेविस पद्धतिको आधारमा १० विकेटले पराजित भएको थियो ।

‘समग्रमा आजको प्रदर्शनबाट म धेरै खुसी छु । विशेषगरि ब्याटरबाट । ओपनरले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे । मध्यक्रमका ब्याटरले अझ राम्रो गर्न सक्थे । मेरो बिचारमा २७०-२८० रन राम्रो योगफल हुनसक्थ्यो । समग्रमा खेलाडीको प्रदर्शनमा धेरै खुसी छु’, कप्तान रोहितले भारतविरुद्ध खेलपछि भने ।
खेलपछि विराट कोहली र रोहित शर्मासँग कुराकानी भएको उनले बताए । ‘खेलपछि रोहित शर्मा र विराट कोहलीसँग कुराकानी भयो । छोटो कुराकानी तर उत्साहजनक थियो’, रोहितले भने । नेपालले अव सेप्टेम्बर अन्तिममा चीनमा गएर १९ औं एसियाली खेलकुद र नोभेम्बर पहिलो साता घरेलु मैदानमा टि२० विश्वकप छनोट एसिया खेल्दैछ ।
‘रोहित ५० ओभरबाट टि२० शैलीमा जान खेलाडी तयार भएको बताएका छन् । अव एसियन खेलकुद र टि२० विश्वकप फरक खेलको फम्र्याट हुन् । ५० ओभरबाट २० शैलीमा जानुपर्छ । व्यवसाहिक खेलाडी भएपछि त्यसको लागि तयार हुनुपर्छ । १०-१५ दिनको समय छ । हामी तयार हुनेछौं’, राहितले भने ।
रोहितले बलिङमा आफ्नो योजना सामान्य रहेको बताएका छन् । ‘बलिङमा हाम्रो योजना सामान्य थियो । गुड ऐरिया र लेन्थमा गर्ने योजना थियो । सीतको कारण बलरलाई साँच्चै चुनौती थियो । भारतका रोहित शर्मा र शुभमन गिलले राम्रो प्रदर्शन गरे’, रोहितले भने ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरियो ।
रोहित पौडेलको पूरा भिडियो :
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]