2 years ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आफ्नो ओडिआई क्रिकेट इतिहासमा पहिलो पटक १० विकेटले पराजित हुन पुगेको छ । एसिया कपमा सोमबार राती भारतसँग १० विकेटको हार ओडिआईमा नेपालले विकेटको हिसाबमा ब्यहोरेको सबैभन्दा ठूलो हार हो ।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहे । शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।
नेपालले यसअघि ओडिआईमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार ८ विकेटको ब्यहोरेको थियो । आइसिसी विश्वकप लिग २ मा २०२० मा ओमान, २०२२ मा स्कटल्यान्ड र दुई महिना अघि आइसिसी विश्वकप छनोटमा जिम्बावेसँग नेपाल समान ८ विकेटले पराजित भएको थियो ।
नेपालका करण केसीले ४ ओभरमा २६, सोमपाल कामीले २ ओभरमा २३, ललितनारायण राजवंशीले ४ ओभरमा २४, सन्दीप लामिछानेले ४ ओभरमा ३९, दीपेन्द्रसिंह ऐरीले २ ओभरमा १२, कुशल मल्लले ३ ओभरमा ११ र गुलशन झाले १.१ ओभरमा ११ रन खर्चिएका थिए ।
नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । त्यो ओडिआईमा नेपालले ब्यहोरेको सबैभन्दा ठूलो रन अन्तरको हार थियो । त्यसअघि विश्वकप छनोटमा जिम्बावेविरुद्ध नेपाल १ सय १ रनले पराजित भएको थियो ।
नेपालले २०१८ मा ओडिआई मान्यता पाएको थियो । नेपालले हालसम्म ५९ ओडिआई खेल खेल्दा ३० मा जित, २७ मा हार, १ मा टाई र १ खेल रद्द हुन पुगेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]