default_image

2 years ago

September 5, 2023

भारतविरुद्ध यस्तो रह्यो नेपाली बलरको बलिङ स्पीड

18904 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोमबार राती एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिन पुग्यो। जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

भारतको जितमा रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ तथा शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहेका थिए ।

नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतले १ सय ४५ रनको विजयी लक्ष्य पाएको थियो ।

त्यसअघि श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।

भारतविरुद्ध २ सय ३० रन बनाउनु नेपालको लागि कुनै सामान्य कुरा थिएन । आफैंमा ठूलो उपलब्धी थियो । नेपालका ओपनर आसिफ शेखले ५८, कुशल भुर्तेलले ३८ र सोमपाल कामीले ४८ रन बनाएका थिए ।

भारतविरुद्ध नेपाली बलरले विकेट लिन नसकेपनि स्तर अनुसार राम्रो बलिङ गरेका थिए । पाकिस्तानसँगको खेलमा भन्दा सोमपाल कामीले भारतविरुद्ध आफ्नो बलिङको स्पीड बढाएका थिए ।

उनी आधिकारीक मापन भएको खेल अनुसार आफ्नो करिअरको उत्कृष्ट स्पीड नजिक पुगेको थिए । सोमपालले दोस्रो ओभरको पहिलो बल प्रतिघण्टा १ सय ४० किलोमिटरको स्पीडमा बलिङ गरेका थिए ।

भारतीय युवा ब्याटर शुभमन गिलले उक्त बलमा चौका प्रहार गरेका थिए । सोमपाल नै एसिया कपमा नेपालबाट सर्वाधिक बढी गतीमा बलिङ गर्ने बलर बने । उनले पाकिस्तानविरुद्ध उच्च प्रतिघण्टा १ सय ३५ किलोमिटरको गतीमा बलिङ गरेका थिए । उनीपछि दुबै खेलमा करण केसीले प्रतिघण्टा १ सय ३४ किलोमिटरको गतीमा बलिङ गरे ।

नेपालसहित एसोसिएट टोलीले खेल्ने खेलमा स्पीड नाप्ने प्रविधि निकै कम प्रयोग गरिन्छ । आर्थिक निकै रुपमा महँगो हुँदा एसोसिएट टोलीले उक्त प्रविधि प्रयोग गर्न सकेका छैनन् । आधिकारीक मापन भएको गतीमा सोमपालले नेपालबाट सबैभन्दा बढी प्रतिघण्टा १ सय ४१ किलोमिटरको गतिमा बलर हुन् । सोमपालले २०१४ को टि२० विश्वकपमा अफगानिस्तानविरुद्ध उक्त स्पीडमा बलिङ गरेका थिए ।

नेपालका करण केसीले ब्यक्तिगत उच्च गतीमा पहिलो ओभरको चौथो बलमा रोहित शर्मालाई प्रतिघण्टा १ सय ३४ किलोमिटर गतीमा बलिङ गरेका थिए । करणले तेस्रो र चौथो बलमा रोहित शर्मालाई एलबीडब्लू आउट गराएका थिए । तेस्रो बलमा नेपालले रिभ्यु लिएपनि सफल हुन सकेन । पाकिस्तानविरुद्ध पनि करणले सोही स्पीडमा गरेका थिए ।

बायाँ हाते स्पिनर कुशल मल्लले ब्यक्तिगत उच्च गतीमा प्रतिघण्टा ९३ किलोमिटरमा गरेका थिए । अफस्पिनर दीपेन्द्रसिंह ऐरीले १० औं ओभरको चौथो बलमा रोहित शर्मालाई प्रतिघण्टा १ सय १० किलोमिटरको गतीमा बलिङ गरेका थिए । दीपेन्द्रले पाकिस्तानविरुद्ध पनि सोही स्पीडमा बल फ्याँलेका थिए । सन्दीप लामिछानेको गती ९५ र ललितनारायण राजवंशीको ९१ रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.