default_image

2 years ago

September 5, 2023

कोहली, द्रविड र पान्ड्याले दिए नेपाली खेलाडीलाई अवार्ड

18525 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय तथा विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर विराट कोहली, मुख्य प्रशिक्षक राहुल द्रविड र हार्दिक पान्ड्याले नेपाली खेलाडीलाई ह्याप्पी ड्रेसिङ रुमको अवार्ड दिएका छन् । भारतसँगको खेलपछि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने तीन नेपाली खेलाडी आसिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीलाई उक्त अवार्ड दिएको हो ।

भारतविरुद्ध ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाएका ओपनर आसिफ शेखलाई विराट कोहलीले उक्त अवार्ड दिएका थिए । कोहलीले एक्स्टा कभरमा एक रनमा आसिफको क्याच छाड्दै जीवनदान दिएका थिए । मोहम्मद शिराजको बलमा आसिफ कोहलीबाटै आउट भएका थिए ।

तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाएका सोमपाल कामीलाई हार्दिक पान्ड्याले अवार्ड दिएका थिए । त्यस्तै २५ बलमा ३ चौकासहित २८ रन जोडेका दीपेन्द्रसिंह ऐरीलाई राहुल द्रविडले अवार्ड दिएका थिए । भारतकै ड्रेसिङ रुपमा गएर मोन्टीले नेपाली खेलाडीलाई उक्त अवार्ड दिन लगाएका थिए ।

मोन्टी देशाई गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएपछि ह्याप्पी ड्रेसिङ रुम ट्याग चालाउँदै आएका छन् । ह्याप्पी ड्रेसिङ रुममा राम्रो खेल्ने खेलाडीलाई अवार्ड दिइने गरिन्छ । खेल मात्रै होईन मैदान बाहिर रहेर योगदान दिने खेलाडीले पनि यस अवार्ड पाउने गर्दछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.