2 years ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले एसिया कपमा भारतसँगको हारपछि भारतीय खेलाडी र प्रशिक्षकलाई भेटेका थिए । भारतकै ड्रेसिङ रुममा पुगेर नेपाली खेलाडीहरुले कुराकानी गरेको थिए ।

नेपालले पावर प्ले अर्थात १० ओभरमा ६५ रन बनाउँदै उत्कृष्ट सुरुवात गरेको थियो । तर रविन्द्र जडेजाले कुशल मल्ल, रोहित पौडेल र भीम सार्कीलाई आउट गर्दै भारतलाई खेलमा फर्काएका थिए ।
‘एउटा टिमलाई १० विकेटको जित ठुला खेलअघि आत्माविश्वास आउछ । टिमको लागि यो एउटा राम्रो जित हो । तीन विकेट जुन लिएको थिए त्यो राम्रो थियो । बलहरु टर्न भइराखेको थिएन । नेपालसँग पहिलो पटक खेलेका थियौं । उनका ब्याटर कहाँ सर्ट मार्छन् । शक्ति के हो हामीलाई थाहा थिएन । पहिलो १० ओभरमा नेपालले धेरै राम्रो सुरुवात गरेको थियो । पहिलो पटक खेल्दा उनको सर्टहरु थाहा भएन’, जडेजाले नेपाल बारे भने ।
‘पहिलो १० ओभरमा उनको राम्रो सुरुवात मिल्यो । तर जव म र कुलदीप आयौं । थोरै हामीले खेल कन्ट्रोल (नियन्त्रण) मा गयौं । स्पिनरको मध्यक्रममा रन मार्न सजिलो हुँदैन । तीव्र गतिको बलरमा जस्तो स्पिनरको बल ब्याटमा आएको थिएन । मैले स्टम्प लाइनमा बल गर्ने देखि राखेको थिए । त्यहाँ विकेट मिल्ने मौका रहन्छ’, उनले भने ।
नेपाली खेलाडी भारतको ड्रेसिङ रुममा गएर खेलाडीहरुसँग भेटेका थिए । भारतीय खेलाडी र प्रशिक्षकबाट नेपाली खेलाडी भेट्ने, टिप्स लिने, तस्विर खिच्ने र अटोग्राफ लिन काम गरेका थिए । नेपाली खेलाडीहरुले जडेजालाई आफ्नो खेल तालिकाबारे सोधेका थिए ।
‘उनीहरुले ठूला खेलअघि तपाईंको खेल तालिका कस्तो हुन्छ भनेर सोधेका थिए । मैले त्यहिँ आफ्नो सामान्य तालिका राखेको बताए । आफ्नो भिडियो देख्छु । अनावश्यक रुपमा आफूलाई दबाब राख्नु हुँदैन । मैले आफ्नो जुन तालिका छ त्यसैलाई ध्यानदिनपर्छ भने’, उनले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]