2 years ago
September 5, 2023
एजेन्सी – उपाधि दाबेदार तथा घरेलु टोली भारतले आगमी महिना हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा भारतले लोकेश राुहल र सूर्यकुमार यादवलाई टोलीमा निरन्तरता दिएको छ ।

यदि भारतले चाहेको खण्डमा सेप्टेम्बर २८ भित्र आफ्नो खेलाडी परिवर्तन गर्नसक्छ । भारतले एसिया कपको टोलीबाट तिलक बर्मा र प्रसिद्ध कृष्णालाई टोली बाहिर राखेको छ । यी दुई खेलाडी भारतको १७ सदस्य एसिया कपमा थिए ।
भारतका स्पिनर युजभेन्द्र चहल, तीव्र गतिका बलर भुवनेश्वर कुमार, विकेटकिपर सन्जु स्यामसन र ओपनर शिखर धवनले भने विश्वकप टोलीमा स्थान बनाउन सकेनन् । त्यस्तै ठूलो सम्भावना बोकेका युवा ब्याटर यशस्वी जैसवाल र ऋतुराज गायकवाड पनि भारतको टोलीमा छैनन् ।
भारतले अक्टोबर ५ मा अष्ट्रेलियासँग खेल्दै सुरुवात गर्नेछ । सन् २०११ मा पछिल्लो पटक घरेलु मैदानमै विश्वकप जितेको भारतले त्यसपछि कुनैपनि विश्वकप उपाधि जितेको छैन । पछिल्लो विश्वकप २०१९ मा भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।
२०१५ को विश्वकपको सेमिफाइनलमै अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो । भारतलाई घरेलु मैदानमा विश्वकप जित्न सबैभन्दा ठूलो दबाब रहन्छ । विराट कोहली र रोहित शर्मा जस्ता विश्वका उत्कृष्ट ब्याटर पनि विश्वकप जित्नै आफ्नो करिअर सकाउने सोचमा हुनेछन् । घरेलु मैदान र दर्शकले गर्दा भारतले विश्वकप जित्न सक्ने सम्भावना बढी देखिन्छ ।
भारतको विश्वकप टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन (विकेटकिपर), लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या(उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]