default_image

2 years ago

September 5, 2023

कुशलको उत्कृष्ट ब्याटिङमा अफगानिस्तानलाई विशाल लक्ष्य

6328 views

0 Bookmark

एजेन्सी – विकेटकिपर कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङमा श्रीलंकाले एसिया कपमा अफगानिस्तानलाई २ सय ९२ रनको बलियो लक्ष्य दिएको छ । गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनायो ।

सुपर फोरमा पुग्न अफगानिस्तानले यस लक्ष्य ३७.१ ओभरमा पूरा गर्नु पर्ने हुन्छ । अन्यथा जितका बाबजुद अफगानिस्तान बाहिरिनेछ । समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन् । समूह बी बाट बंगलादेश पुगि सकेको छ ।

अव श्रीलंका र अफगानिस्तान मध्य एक पुग्नेछन् । श्रीलंका विजयी वा ३७.१ ओभर पछि पराजित हुँदा पनि सुपर फोरमा पुग्नेछ ।
विकेटकिपर कुशल मेन्डिस ८४ बलमा ६ चौका र ३ छक्कासहित ९२ रनमा रन आउट भए ।

उनी राशिद खानको बलमा रन आउट भएपछि शतकको अवसर गुमाएका थिए । ओपनर पाथुम निसांका र दीमुथ करुणारत्नेले पहिलो विकेटका लागि १०.२ ओभरमा ६३ रनको साझेदारी गरेका थिए ।

निसांका ४० बलमा ६ चौकासहित ४१ रनमा आउट ए । दिमुथ ३५ बलमा ६ चौकासहित ३२, सदिरा समाराविक्रामा ३, चरिथ असलंका ३६ र दासुन शानका ५ रनमा आउट भए ।

दुनिथ वेलालागे ३९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा नट आउट रहे । अन्तिम बलमा आउट भएका महेश थिक्सेना २४ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । आठौं विकेटका लागि थिक्सेना र वेलालागेले ६३ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गुलबदीन नाइबले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । राशिद खानले १० ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.