default_image

2 years ago

September 5, 2023

बभुमाले विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गर्ने

1770 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले टेम्बा बभुमाको कप्तानीमा आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा डेविड मिलर, रास्सी भान डर डुसेन र क्विन्टन डि कक जस्ता ब्याटर छन् । दक्षिण अफ्रिकाले तीव्र गतिको बलिङ आक्रामणलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको छ ।

उता ३३ वर्षीय कप्तान टेम्बाले दक्षिण अफ्रिकाले मात्रै २६ ओडिआईमा ४ शतक र ३ अर्धशतकसहित कुल ११ सय ५० रन बनाएका छन् । टि२० विश्वकपमा लगातार आलोचनाको कारण उनले कप्तानी छाडेका थिए ।

टि२० मा भने एडेन माक्ररमले दक्षिण अफ्रिका कप्तानी गर्दै आएका छन् । बभुमा दक्षिण अफ्रिका टोलीमा खराब प्रदर्शनको कारण आलोचनामा पर्दै आएका नाम समेत हुन् ।

दक्षिण अफ्रिकाका एक उत्कृष्ट बायाँ हाते विकेटकिपर क्विन्टन डि ककले विश्वकपपछि सन्न्यास लिने भएका छन् । विदेशी टि२० फ्रेन्चाइजलाई प्राथमिकतामा राखेपछि डि ककले सन्न्यास लिने बताइएको छ ।

टि२० भने उनले २०२४ को विश्वकप सम्म खेल्नेछन् । ३० वर्षीय डि ककले दक्षिण अफ्रिकाबाट १ सय ४० ओडिआईमा १७ शतकसहित ५ हजार ९ सय ६६ रन बनाएका छन् । दक्षिण अफ्रिका पहिलो विश्वकप जित्ने लक्ष्यका साथ भारत जानेछ ।

दक्षिण अफ्रिकाको टोली :

टेम्बा बभुमा (कप्तान), गेराल्ड कोट्जी, क्विन्टन डिकक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन माक्रमर, डेविड मिलर, लुन्गी एनगिडी, एनरिच नोर्किया, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.