default_image

2 years ago

September 5, 2023

अफगानिस्तानमाथि रोमान्चक जितसँगै श्रीलंका सुपर फोरमा

8029 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले एसिया कपमा अफगानिस्तानलाई दुई रनले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।

जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा २ सय ८९ रनमा अल आउट भयो । अफगानिस्तालाई सुपर फोरमा पुग्न उक्त लक्ष्य ३७.१ ओभरमा जित्नुपर्ने हुन्थ्यो । सुपर फोरमा पुग्न अफगानिस्तानलाई एक बलमा तीन रन चाहिँएको अवस्था थियो ।

३८ औं ओभरको पहिलो बल श्रीलंकाका स्पिनर धनन्जय डि सिल्भाले मुजिब उर रहमानलाई सदिराबाट क्याच गराएपछि अफगानिस्तानको सुपर फोर सम्भावना लगभग सकिएको थियो ।

तर नियम अनुसार बाँकी तीन बलमा एक छक्का हान्न सके अफगानिस्तान सुपर फोरमा पुग्न सक्थ्यो । दोस्रो दोस्रो र तेस्रो बल फारुकीले लगातार डट खाए । चौथो बलमा फारुकी एलबीडब्लू आउट भएपछि श्रीलंका विजयी हुँदै सुपर ओभरमा पुगेको हो ।

अफगानिस्तानका मोहम्मद नाबीले ३२ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । नाबी अफगानिस्तानबाट ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले दुई साता अघि मुजिब उर उरमानले २६ बलमा पाकिस्तानविरुद्ध हानेको अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

राशिद खान १६ बलमा ४ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । कप्तान हश्मातुल्लाह शाहिदी ६६बलमा ३ चौका र १ छक्कासहित ५९, ओपनर रहमानउल्लाह गुरबाज ४, इबाहिम जद्रान ७ र गुलबदीन नाइब २२ रनमा आउट भए । नाजिबउल्लाह जद्रान १५ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए

अफगानिस्तानलाई सुपर फोरमा पुग्न मात्रै ३७ बलमा ५८ तथा १९ बलमा ३३ रन चाहिँएको थियो । पाथिरानाले ३५ औं ओभरमा ६ रन दिएपछि बाँकी १३ बलमा २७ रन सुपर फोरमा पाुग्न आवश्यक थियो ।

तीव्र गतिका बलर कसुन रजिथालाई पहिलो बलमा राशिद खानले चौका र तेस्रो बलमा नाजिबउल्लाह जद्रानलले छक्का हानेपछि ९ बलमा १६ रन चाहिँएको थियो । चौथो बलमा जद्रान क्याच आउट भए । उक्त ओभरमा १२ रन खर्चिए ।

बाँकी ७ बलमा १५ रन सुपर फोरमा पुग्न आवश्यक थियो । ३७ औं ओभरको सुरुवाती दुई बल वेलालेगेले राशिद खानलाई डट राखे । राशिद खानले तेस्रो, पाँचौं र अन्तिम बलमा चौका हानेपछि एक बलमा तीन रन चाहिँएको थियो । राशिद खानले स्ट्राइक नपाउँदा हार्न पुग्यो ।

श्रीलंकाका कसुन रजिथाले १० ओभरमा ७९ रन खर्चेर ४ विकेट लिए । दुनिथ वेलालेगे र धनन्जय डि सिल्भाले समान दुई विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । श्रीलंकाका विकेटकिपर कुशल मेन्डिसले ८४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए ।

उनी राशिद खानको बलमा रन आउट भएपछि शतकको अवसर गुमाएका थिए । ओपनर पाथुम निसांका र दीमुथ करुणारत्नेले पहिलो विकेटका लागि १०.२ ओभरमा ६३ रनको साझेदारी गरेका थिए ।

निसांका ४० बलमा ६ चौकासहित ४१ रनमा आउट भए । दिमुथ ३५ बलमा ६ चौकासहित ३२, सदिरा समाराविक्रामा ३, चरिथ असलंका ३६ र दासुन शानका ५ रनमा आउट भए । राम्रो सुरुवात पाएपनि त्यसलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउने अवसर गुमाएको थियो ।

दुनिथ वेलालागे ३९ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा नट आउट रहे । अन्तिम बलमा आउट भएका महेश थिक्सेना २४ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । आठौं विकेटका लागि थिक्सेना र वेलालागेले ६३ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अफगानिस्तानका तीव्र गतिका गुलबदीन नाइबले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । राशिद खानले १० ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए । समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका थिए ।

समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । सुपर फोरको पहिलो खेलमा बुधबार बंगलादेश पाकिस्तानबीच हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.