default_image

2 years ago

September 6, 2023

समूह विजेता बन्न नेपालको निर्णायक खेलमा वर्षा बाधक

1999 views

0 Bookmark

एजेन्सी – मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह विजेता बन्न निर्णायक मानिएको नेपाल र युएईबीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बिहान ७:१५ मा सुरु हुनुपर्ने हो । तर वर्षाको कारण खेलको टस समेत हुन सकेको छैन ।

यो खेल नेपालको लागि निकै महत्वपूर्ण छ । समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपाल यस खेलमा हारेको खण्डमा समूह उपविजेता बन्नेछ । उपविजेता बन्दा नेपाला सेमिफाइनलमा थाईल्यान्डसँग खेल्नुपर्ने सम्भावना बढी हुन्छ । नेपाल सकरभर सेमिफाइनल थाईल्यान्ड नभएर हङकङसँग खेल्न चाहन्छ । समूह बी मा पनि विजेता बन्न हङकङ र थाईल्यान्डबीच आज निर्णायक खेल हुनेछ ।

वर्षाको कारण रद्द हुँदा पनि नेपाल समूह ए को उपविजेता बन्नेछ । समूह ए मा युएई ४ खेलमा ८ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा छ । नेपाल समान खेल र नतिजाका साथ ८ अंक भएपनि नेटरनरेट २.१८४ हुँदा दोस्रो स्थानमा छ । त्यसैले समूह विजेता बन्न नेपाल विजयी हुनुपर्ने हुन्छ । उता समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.