default_image

9 months ago

September 6, 2023

विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

5607 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ । अलराउन्डरको बाहुल्यता भएको विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले मजबुत टोली घोषणा गरेको छ ।

अष्ट्रेलियाको टोलीमा मिचेल मार्श, मार्कस स्टोइनिस, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, एश्टन अगर र शन एबोट जस्ता म्याच विनर अलराउन्डरलाई टोलीमा समेटेको छ । टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मार्नस लाबुसेन भने विश्वकप अन्तिम टोलीमा छैनन् ।

नाथन एलिस भने प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । अनुभव र ब्याटिङ मजबुत बनाउन शन एबोटलाई टोलीमा राखेको छ । त्यस्तै ब्याकअप विकेटकिपरको रुपमा जोश इंग्लिसलाई राखेको छ । उनी एलेक्स केरीको विकल्पमा हुनेछन् ।

अष्ट्रेलियाले विश्वकप दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ । दुबै सिरिज अष्ट्रेलियाले अवेमा गएर खेल्नेछ । दक्षिण अफ्रिकासँग पाँच ओडिआई सेप्टेम्बर ७, ९,१२, १५ र १७ मा हुनेछ । भारतसँगको तीन ओडिआई सेप्टेम्बर २२, २४ र २७ मा हुनेछ ।

आइसिसीले कुनैपनि विश्वकप खेल्ने टोलीले टिम परिवर्तन गर्न चाहे २८ सेप्टेम्बर सम्मको समय दिएको छ । आठ ओडिआई खेलको प्रदर्शनपछि अष्ट्रेलियाले टोलीमा फेरबदल गर्न सक्नेछ । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल भारतसँग ८ अक्टोबरमा खेल्दै सुरुवात गर्नेछ ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोली :

प्याट कमिन्स (कप्तान), शन एबोट, एश्टन अगर, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा ।

June 15, 2024

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]

June 15, 2024

दीपेन्द्रले तेस्रो विकेट लिए

किङ्गसटाउन (हाम्रो खेलकुद)– नेपालले टि ट्वान्टी विश्व कपको आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ निरन्तरता दिइरहेको छ । दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत तेस्रो विकेट लिँदा दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षेतिमा ९७ रन बनाएको छ । दीपेन्द्रले डेभिड मिलरलाई ७ रनमा सन्दीप लामिछानेबाट क्याच गराएका थिए । त्यसअघि दीपेनद्रले सर्वाधिक ४३ रन बनाएका हेन्रिच […]

Success

Thank you for your time.