default_image

2 years ago

September 6, 2023

युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता

7463 views

0 Bookmark

एजेन्सी – मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ । वर्षाको कारण टस पनि हुन नसकेपछि दुबै टोलीले एक एक अंक बाँडेका छन् । योसँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा युएई ५ खेलमा ९ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा रह्यो । नेपाल समान खेल र नतिजाका साथ ९ अंक भएपनि नेटरनरेट २.१८४ हुँदा दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्नु पर्यो ।

नेपालले अव समूह बी को विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।

उता समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । हङकङ र थाईल्यान्डबीच बिहान ११ : १५ मा खेल हुनेछ ।

उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनल खेल्नुपर्ने हुन्छ । नेपालले समूह चरणमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.