default_image

2 years ago

September 6, 2023

जव कोहलीले आसिफसँग मेडल मागे…

1730 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले नेपालका आसिफ शेखलाई मेडल लगाउँदा जिस्काउँदै एउटा आफूलाई पनि दिन भनेको बताएका छन् ।

नेपाल फर्किएपछि विकेटकिपर आसिफ शेखले उक्त कुरा जानकारी दिएका हुन् । ह्याप्पी ड्रेसिङ रुम अन्तर्गत भारतको ड्रेसिङ रुपमा नेपाल खेलाडी गएका थिए । भारतीय खेलाडी विराट कोहलीले आसिफ शेखलाई मेडल लगाइदिएका थिए ।

कोहलीले लगाइदिने बेला आसिफलाई केहि भन्दै जिस्काएका थिए । पछाडि बसेका सूर्यकुमार यादव पनि उक्त कुरा सुनेर हाँसेका थिए । नेपाल फर्किएपछि आसिफले उक्त प्रंसग बारे बताएका छन् । ‘कोहलीले मेडल लगाइदिदा एउटा क्याच मैले पछि छाडेको छु । विराट कोहलीले मेडल लगाइदिदा मलाई गर्व महसुस भयो । अन्तिममा वहाँले के भन्नु भयो भने एउटा मेडल मलाई पनि दिनु । मैले क्याच छाडेको छु’, आसिफले भने ।

आसिफलाई कोहलीले ब्यक्तिगत एक रनमा एक्स्ट्रा कभरमा जीवनदान दिएका थिए । मुख्य प्रशिक्षक मोन्टी देशाईको पहलमा नेपाली टोली भारतीय ड्रेसिङ रुममा पुगेको थियो । नेपाली खेलाडीले भारतीय स्टारसँग कुराकानी गर्नुको साथै अटोग्राफ समेत लिएका थिए ।

भारतविरुद्ध ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाएका ओपनर आसिफ शेखलाई विराट कोहलीले उक्त अवार्ड दिएका थिए । मोहम्मद शिराजको बलमा आसिफ कोहलीबाटै आउट भएका थिए ।

तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रन बनाएका सोमपाल कामीलाई हार्दिक पान्ड्याले अवार्ड दिएका थिए । त्यस्तै २५ बलमा ३ चौकासहित २८ रन जोडेका दीपेन्द्रसिंह ऐरीलाई राहुल द्रविडले अवार्ड दिएका थिए ।

एसिया कप खेलेर नेपाली टोली दिउँसो १ बजे नेपाल आइपुगेको थियो । मोन्टी भने नेपाल आएका छैनन् । नेपाल एपिएफ क्लबको ब्यान्ड बाजाले क्रिकेट टोलीलाई स्वागत गरेको थियो । नेपाल भारतसँग १० विकेट र पाकिस्तानसँग २ सय ३८ रनले पराजित हुँदै बाहिरिएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.