default_image

9 months ago

September 6, 2023

बंगलादेशमाथि पाकिस्तानको सानदार जित

11786 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि १ सय ९४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका ओपनर इमाम उल हक ८४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए । मोहम्मद रिजवान ७९ बलमा ७ चौका र १ छक्कासहित ६३ रनमा नट आउट रहे ।

ओपनर फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । अघा सलमान १२ रनमा नट आउट भए । बंगलादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक एक विकेट लिए ।

त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३८.४ ओभरमा १ सय ९३ रनमा अल आउट भयो । बंगलादेशका लागि विकेटकिपर मुश्फिकुर रहिमले ८७ बलमा ५ चौकासहित सर्वाधिक ६४ रनको योगदान दिए । त्यस्तै कप्तान सकिब अल हसन ५७ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

एक समय ९.१ ओभरमा ४७-४ को अवस्थामा पुगेको बंगालादेशलाई पाँचौं विकेटका लागि सकिब र मुश्फिकुरले १ सय रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काए । ३० औं बलको पहिलो बलमा सकिबलाई तीव्र गतिका बलर फहिम अशरफले फखार जमानबाट क्याच गराएपछि सम्हाल्लिन सकेन ।

ओपनर मोहम्मद नइम २०, मेहेदी हसन मिराज डक, लिटन दास १६, शमिम हुसैन १६ र अफिफ हुसैन १२ रनमा आउट भए । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ६ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । नसिम शाहले ५.४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

सुपर फोरमा पाकिस्तान, बंगलादेश, भारत र श्रीलंका छन् । सुपर फोरको यो पहिलो खेल हो । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

June 16, 2024

अष्ट्रेलियाको जितसँगै इङ्ल्यान्ड सुपर ‘एट’मा

एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको […]

June 15, 2024

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]

Success

Thank you for your time.