2 years ago
September 7, 2023
एजेन्सी – युवा विकेटकिपर ब्याटर निकोलस पुरनले त्रिबांगो नाइट राइडर्सबाट क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस रोयल्समाथि उत्कृष्ट शतक हानेका छन् । उनको शतकको सहयोगमा नाइट राइडर्स ४२ रनले विजयी हुँदै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ ।

क्विन्स पार्क ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । निकोलस पुरन ५३ बलमा ५ चौका र १० छक्कासहित १ सय २ रनमा नटआउट रहे ।
आन्द्रे रसेल २२ बलमा २ चौका र ४ छक्कासहित ३९ रनमा आउट भए । ओपनर मार्टिन गुप्टिल ३७, मार्क दयाल ६, काइरन पोलार्ड २ र लोर्कान टकर ८ रनमा आउट भए । रोयल्सका ओबेद म्याककोयले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । कायल मेयर्स, क्वाइस अहमद र रहकीम कर्नवालले एक एक विकेट लिए ।
जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । ओपनर कायल मेयर्सले ४५ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नाइट्सका अकिल हुसैनले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । वकार कलाम्खेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सुनिल नारायण, आन्द्रे रसेल र अली खानले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]