2 years ago
September 7, 2023
एजेन्सी – नेदरल्यान्ड्सले अनुभवी ब्याटर कोलिन एकरम्यान र पाउल भान मार्केनलाई समेट्दै आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ । दुई महिना अघि विश्वकप छनोटमा काउन्ट्रीको कारण प्रमुख ब्याटर एकरम्यान र बलर मार्केनलो खेल्न पाएका थिएनन् ।

आफ्ना प्रमुख ७ खेलाडी काउन्ट्रीको कारण नभएपनि नेदरल्यान्ड्सले जिम्बावे र वेस्टइन्डिजलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो । काउन्ट्रीमा दमदार प्रदर्शन गर्दै आएका एकरम्यान आउदा नेदरल्यान्ड्सको ब्याटिङ थप मजबुत हुनेछ । पाउल भान मार्केनले पनि काउन्ट्रीमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । त्यस्तै स्पिनर रोलेफ भान डर मर्वे पनि टोलीमा फर्किएका छन् ।
कप्तान स्कट एडवार्ड्स, म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडाानिरु, कोलिन एकरम्यान, बेल्सी ब्यारेसी जस्ता प्रमुख ब्याटरका साथ नेदरल्यान्ड्स विश्वकप खेल्न आउनेछ । विश्वकप छनोटका हिरो लोगन भान बीक, पाउल भान मार्केन, रयान केलिन प्रमुख बलिङ हतियार हुनेछन् ।

दक्षिण अफ्रिकाका पूर्व घरेलु क्रिकेट खेल्ने अलराउन्डर साइब्रान्ड एंगेलब्रेक्च पहिलो पटक नेदरल्यान्ड्सको टोलीमा परेका छन् ।
उनीसँग ५४ प्रथम श्रेणी खेलमा ७ शतक र १० अर्धशतकसहित ३ हजार बढी रन बनाएका छन् । जसमा २ सय १४ रन दोहोरो शतक हानेको अनुभव छ । उनी स्पिन बलिङ अलराउन्डर हुन् । भारतीय कन्डिसन स्पिन सहयोगी हुँदा उनी प्रभावकारी हुनेछन् ।
नेदरल्यान्ड्सले विश्वकपमा ६ अक्टोबरमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । विश्वकपमा सानदार प्रदर्शन गरेको हुँदा मनोबल उच्च हुनेछ ।
विश्वकपमा पुर्याउन हिरो बनेका बास डि लिगे, लोगन भान बिक र कप्तान स्कट एडवार्ड्स नेदरल्यान्ड्सका प्रमुख हतियार समेत हुन् । गत जुलाईमा सम्पन्न विश्वकप छनोटको फाइनलमा नेदरल्यान्ड्स श्रीलंकासँग पराजित भएको थियो ।
नेदरल्यान्ड्सको विश्वकप खेल्ने टोली :
स्कट एडवार्ड्स (कप्तान), म्याक्स ओडाउड, बास डि लिडे, विक्रम सिंह, तेजा निडामानिरु, पाउल भान माक्रेन, कोलिन एकरम्यान, रोलेफ भान डर मर्वे, लोगन भान बीक, अर्यान दत्त, रयान केलिन, वेस्ली ब्यारेसी, सकिब जुलफिकर, शरिफ अहमद र साइब्रान्ड एंगेलब्रेक्च ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]