default_image

2 years ago

September 7, 2023

सम्झौता भएको १५ वर्षसम्म पनि भद्रपुर क्रिकेट मैदानको काम शून्य

444 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नेपाली क्रिकेट टोलीले एसिया कपमा विश्व वरियताको नम्बर वान टोली पाकिस्तान र तेस्रो स्थानमा रहेको भारतसँग पहिलो पटक खेल्यो । नेपाल प्रतिस्पर्धात्मक प्रदर्शनका साथ सम्मानजनक हारका साथ बाहिरिएपछि विश्वभरबाट वाहीवाही पायो ।

पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग १० विकेटको हारले नेपाल सुपर फोरमा पुग्न सकेन । यो नेपालको अपेक्षा अनुसारको नतिजा पनि थियो । भारतसँग नेपालले अपेक्षा गरेको भन्दा धेरै राम्रो क्रिकेट खेल्यो । पाकिस्तानविरुद्ध वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर बाबर आजम र मोहम्मद रिजवान जस्ता ब्याटरविरुद्ध बलिङमा राम्रो प्रभाव छाड्यो ।

भारत र पाकिस्तानसँगको खेलपछि विश्व क्रिकेटमा पुन नेपाली क्रिकेटको चर्चा चुलिएकोछ । क्रिकेट मैदानको अभाव र देशको राम्रो लगानीबिना नै नेपाली खेलाडीले आफ्नो क्षमता प्रस्तुत गरेर एकपटक फेरि अब्बल पुष्टि गरेका छन् । तर, राज्य भने क्रिकेटमा लगानी गर्नेतर्फ एकदमै सुस्त देखिन्छ ।

क्रिकेट विकासमा मैदान निर्माण अनिवार्य छ । सफलतामा वाहवाही गर्ने नेपाल सरकार साँच्चै क्रिकेट विकास गर्नपछि छ । नेपालमा मैदान निर्माणको लागि सरकारले घोषणा गरेपनि दशक भन्दा बढी समयसम्म काम हुन नसकेका थुप्रै उदाहरण छन् । एउटा गतिलो उदाहरण झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको क्रिकेट मैदान पनि हो ।

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको क्रिकेट मैदानको अवस्थाबारे न नेपाल क्रिकेट संघले ध्यान दिएको छ न सरकारलाई चासो छ । क्याम्पसको जग्गामा क्रिकेट मैदान निर्माण तथा सञ्चालन गर्ने सहमति भएको १५ वर्ष बितिसकेको छ । तर, काम भने शून्य ।

नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच मेची क्याम्पस क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो । २०६५ जेठ २१ गते भएको सो सम्झौतामा संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टिका प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

२०९० जेठ २० गतेसम्मका लागि क्याम्पसले संघलाई वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी क्याम्पस परिसरभित्र रहेको पुस्तकालयको उत्तरपूर्वको जग्गा उपलब्ध गराउने सम्झौता भएको थियो । सो ठाउँमा १५ वर्षको बीचमा मैदान सम्याउने कामबाहेक केही पनि हुन सकेको छैन । संघमा भएको राजनीतिकरण तथा आपसी खिचातानीको शिकार भद्रपुरको क्रिकेट मैदान पनि भएको हो ।

यअघि २०७८ माघमा संघका तत्कालीन १ नम्बर प्रदेश सचिव मनोज कटवालको नेतृत्वमा मैदानको अवस्था र सम्भाव्यत अध्ययनका लागि स्थलगत भ्रमण गरेका थिए । भद्रपुर क्रिकेट मैदान बनेको खण्डमा बंगलादेश, भारत, नेपाल, भुटान सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाहरु खेलाउन उपयुक्त हुने कटवाल बताउँछन् ।

उक्त मैदानमा २०६७ फागुनमा विनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले जितेको थियो ।

मैदानमा नेपालका अधिकांश राष्ट्रिय खेलाडीहरुका साथै पूर्वकप्तान पारस खड्का, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान विनोद दास, शरद भेषावकरलगायत खेलाडीले सहभागिता जनाएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.