default_image

11 months ago

September 7, 2023

थाईल्यान्डलाई हराउँदै इतिहास रच्ने सोचमा नेपाल

5154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा सुरु हुनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएकोछ । एसिया क्षेत्र छनोटबाट थाईल्यान्ड र यूएईले ग्लोबल छनोट खेल्दै आएका छन् । नेपाल यस पटक भने थाईल्यान्डलाई हराउँदै इतिहास रच्न चाहन्छ ।

तर २०२० मा विश्वकप खेलेको र पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको थाईल्यान्डलाई हराउन सहज भने हुनेछैन । नेपालले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ । नेपालले थाईल्यान्डसँग २०१९ पछि पहिलो पटक खेल्दैछ । २०१९ मा महिला टि२० आई दुबै खेलमा नेपाल पराजित भएको थियो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासे, सीताराना मगर र इन्दु बर्मा प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको उत्कृष्ट प्रदर्शन बिना थाईल्यान्डलाई हराउन मुश्किल पर्ने देखिन्छ । तीव्र गतिकी बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडीबाट नेपाल सानदार प्रदर्शन चाहन्छ । थाईल्यान्डलाई नेपालले जतिसक्यो कम योगफलमा रोक्नु पर्ने हुन्छ ।

हरेक खेलाडीले आफ्नो शतप्रतिशत योगदान दिनुपर्ने हुन्छ । नेपालले आफ्नो भद्रगोल ब्याटिङक्रम भने मिलाउनु पर्ने हुन्छ । कमजोर बललाई बाउन्ड्रीमा परिणत गर्न सक्नुपर्छ ।

नेपालले कम्तिमा पावर प्लेमा आक्रामक सुरुवात दिलाउन आवश्यक देखिन्छ । सीतालाई ओपनरमा काजोल र कविता कुँवर मध्य एकले साथ दिनेछन् । तेस्रो नम्बरमा इन्दु बर्मा हुनेछिन् । इन्दु भने राम्रो लयमा छिन् । उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

चौथो नम्बरमा सम्झना खड्का र पाँचौं नम्बरमा रुविना क्षेत्रीको सम्भावना रहन्छ । त्यसपछि कविता जोशी, अप्सरी बेगम र पुजा महतो हुनेछन् । थाईल्यान्डकी शीर्षक्रमकी ब्याटर नट्थाकन चान्थम प्रमुख ब्याटर हुन् ।

चान्थमको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । उनलाई चाँडै आउट गर्न सके नेपाल खेलमा हाबी हुनसक्छ । अन्यथा नेपालको ग्लोबल छनोट सपना कठिन बन्नसक्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.