2 years ago
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाई फाइनलमा पुग्न १ सय ६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।

थाईल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच गराएकी थिइन् ।
त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले ६८ रनको साझेदारी गरेका थिए । चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट भइन् ।
चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । अन्य कुनैपनि बलरले विकेट लि सकेनन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो ।
यस खेलको विजेता टोली आगमी वर्ष हुने आइसिसी महिला ग्लोबल टि२० छनोट खेल्न पाउनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।
सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएकोछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]