default_image

2 years ago

September 8, 2023

चार अर्धशतकसँगै न्युजिल्यान्डलाई इंग्ल्यान्डको चुनौतीपूर्ण लक्ष्य

1714 views

0 Bookmark

एजेन्सी – कप्तान जस बटलर र बेन स्टोक्ससहित चार ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई २ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनायो ।

इंग्ल्यान्डका लागि चार ब्याटरले अर्धशतक प्रहार गरे । कप्तान जस बटलरले ६८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको इनिङ खेले ।

ओपनर ह्यारी ब्रुक र डेविड मलानले १५ ओभरमा ८० रन जोड्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । मलान ५३ बलमा ९ चौकासहित ५४ रनमा स्पिनर रचिन रविन्द्रको बलमा आउट भए । ब्रुक ४१ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

जो रुट ६ रनमै आउट भए । तर ओडिआई सन्न्यासपछि टोलीमा फर्किएका बेन स्टोक्सले ६९ बलमा ३ चौका र १ छक्कासहित ५२ रन जोडेका थिए । स्टोक्सको लय इंग्ल्यान्डलाई निकै महत्वपूर्ण हुनेछ ।

फिनिसर लियाम लिभिङस्टोनले ४० बलमा ३ चौका र ३ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेलेका थिए । डेविड विल्ली ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।

न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ७१ रन खर्चेर २ विकेट लिए । रचिन रविन्द्रले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसनको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.