2 years ago
September 9, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर सदिरा समाराविक्रमाको उत्कृष्ट ब्याटिङमा घरेलु टोली श्रीलंकाले एसिया कपको सुपर फोर खेलमा बंगलादेशलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रन बनायो ।

श्रीलंकाका सदिरा समाराविक्रमाले ७२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रनको योगदान दिए । कुशल मेन्डिस ७३ बलमा ६ चौका र १ छक्कासहित ५० रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाथुम निसांकाले ६० बलमा ५ चौकासहित ४०, दिमुथ करुणारत्ने १८, चरिथ असलंका १०, धनन्जय डि सिल्भा ६ र कप्तान दासुन शानका २४ रनमा आउछ भए ।
हसन मोहम्मद ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले १० ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । शोरिफुल इस्लामले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]