default_image

2 years ago

September 9, 2023

पारससहित ३ जना बाग्मती प्रदेश प्रतिनिधि चयन

3088 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जना प्रतिनिधिको चयन गरेको छ ।

प्रदेशको निर्वाचनपछि शनिबार बसेको पहिलो प्रदेश क्रिकेट कार्यसमितिको बैठकले काठमाडौंका खड्कासहित ललिपुरका शेखर श्रेष्ठ र मकवानपुरका प्रेमबहादुर क्षेत्रीलाई प्रादेशिक प्रतिनिधि चयन गरेको हो ।

प्रदेश संघको भदौं १५ गते सम्पन्न साधारण सभाले खड्कालाई अध्यक्षमा निर्वाचित गरेको थियो । क्यानको निर्वाचिनसहितको साधारण सभा असोज ५ र ६ गते काठमाडौंमा हुँदैछ ।

बैठकले प्रादेशिक क्रिकेट सञ्चालनको लागि विभिन्न उपसमिति गठन गरि संयोजक तोकेको छ । आर्थिक समितिमा अध्यक्ष खड्का, प्रशन्न शाक्य र संजोग पोखरेल रहेका छन् ।

वसन्तराज सत्याल (अरुण) को संयोजकत्वमा सुजन महर्जन, नीरा राजोपाध्याय, राजु खड्का, विनोद बानियाँ, सुरज शाक्य र रिकेश लामा सदस्य रहेको प्राविधिक समिति गठन भएको छ । विकास समितिमा अनुजमान श्रेष्ठ, धिरज श्रेष्ठसहित अन्य तीन सदस्य रहने छन् ।
प्रदेशको क्रिकेट निर्देशकको जिम्मेवारी अनिल अधिकारीलाई दिएको छ । महिला प्रदेश क्रिकेट संघको महिला क्रिकेट संयोजकमा राष्ट्रिय टोलीकी पूर्व कप्तान राजोपाध्यायलाई चयन गरिएको छ । त्यस्तै बैठकले खेलाडी छनोट समिति अर्को बैठकमा गठन गर्ने निर्णय गरेको छ ।

२१ः३७ बजे सम्पादन गरिएको

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.