default_image

2 years ago

September 10, 2023

दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको फराकिलो जित

1331 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नर र मार्नस लाबुसेनको शतकको सहयोगमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकामाथि १ सय २६ रनको फराकिलो जित हात पारेको छ ।

योसँगै पाँच ओडिआई खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । जितको लागि ३ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.५ ओभरमा २ सय ६९ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ३६ बलमा ३ चौका र ३ छक्कासहित ४९ रन बनाए । डेविड वार्नर ५२ बलमा ६ चौकासहित ४९, टेम्बा बभुमा ४६, रास्सी भान डर डुसेन १७ र मार्को यानसन २३ रनमा आउट भए ।

ओपनर क्विन्टन डि कक ३० बलमा ६ चौका र २ छक्कासहित ४५ रनको योगदान दिए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नाथन एलिस, आरोन हाड्ली र शन एबोटले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९२ रन बनाएको थियो । मध्यक्रमका ब्याटर मार्नस लाबुसेनलले ९९ बलमा १९ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।

उनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन र दोस्रो शतक हो । उनी स्पिनर तबरेज शाम्सीको बलमा मिडविकेटमा एडेन माक्ररमबाट क्याच आउट भएका थिए ।

अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र ट्रविस हेडले ११.५ ओभरमा १ सय ९ रनको विष्फोटक सुरुवात दिलाएका थिए । वार्नर ९३ बलमा १२ चौका र ३ छक्कासहित १ सय ६ रनमा आउट भए ।

हेडले ३६ बलमा ९ चौका र ३ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेलाएका थिए । तेस्रो विकेटका लागि वार्नर र लाबुसेनले १ सय २४ बलमा १ सय ५१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।

विकेटकिपर जोश इंग्लिसले ३७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाउँदै आउट भएका थिए । कप्तान मिचेल मार्श डक, डेब्यू खेल खेलेका टिम डेविड १, विकेटकिपर एलेक्स केरी ६ र आरोन हाड्ली ३ रनमा आउट भए । नाथन एलिस १४ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले ९ ओभरमा ७९ रन खर्चेर २ विकेट लिए । मार्को यानसन र एन्डिले फहलुकवयोले समान एक विकेट रह्यो । तेस्रो खेल मंगलबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.