2 years ago
September 10, 2023
एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । श्रीलंकाको कोलोम्बोमा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा पाकिस्तानले सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो । भारत भने सुपर फोरमा पहिलो खेल खेल्दैछ ।
समूह ए बाट पाकिस्तान विजेता र भारत उपविजेता हुँदै सुपर फोरमा स्थान बनाएका हुन् । दुबै टोलीले नेपाललाई हराएका थिए ।
भारतले आजको खेलमा दुई परिवर्तन गरेको छ । लोकेश राहुल र जस्प्रित बुमराह भारतीय प्लेइङ ११ मा फर्किएका छन् । श्रेयस ऐर र मोहम्मद शामी आजको खेलमा बेन्चमा छन् ।
समूह चरणमा भारतको १० विकेटनै पाकिस्तानका तीव्र गतिका बलरले लिएका थिए । यस खेललाई भारतको ब्याटिङ र पाकिस्तानको तीव्र गतिको बलिङको भिडन्तको रुपमा समेत लिएको छ ।
भारत समूह चरणमा पाकिस्तानसँग पालेकेले क्रिकेट रंगशालामा २ सय ६६ रनमा अल आउट भएको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार विकेट लिएका थिए । नसिम शाह र हरिस रौफले ३–३ विकेट लिएका थिए । बायाँ हाते बलर अफ्रिदीको स्वींग र गति खेल्न सहज हुनेछैन ।
भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, जस्प्रित बुमराह, लोकेश राहुल, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शिराज र कुलदीप यादव ।
पाकिस्तानको प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, फहिम अशरफ, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]