default_image

2 years ago

September 11, 2023

लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड विजयी

1872 views

0 Bookmark

एजेन्सी – आक्रामक ब्याटर लियाम लिभिङस्टोनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ७९ रनले पराजित गरेको छ । योसँगै चार ओडिआई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६.५ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । उसका लागि डर्याल मिचेलले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । मिचेलकै सानदार शतकमा न्युजिल्यान्ड पहिलोे खेलमा विजयी भएको थियो ।

विल योंग ३३, डेभन कन्वे १४ र टम लाथम १९ रनमा आउट भए । इंग्ल्यान्डका रिस टोप्लीले ७ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले ५.५ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । मोईन अलीले २ र गस एटिनसनले एक एक विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ३४ ओभरमा ७ विकेट गुमाउँदै २ सय २६ रन बनायो । इंग्ल्यान्डका लिभिङस्टोनले ७८ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ९५ रनमा अविजित रहे । साम करनले ३५ बलमा १ चौका र २ छक्कासहित ४२ रन बनाए । जोनी बेयरस्टो ६, ह्यारी ब्रुक २, जो रुट डक, बेन स्टोक्स १ र जस बटलर ३० रनमा आउट भए ।

तीव्र गतिका बलर ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेपछि इंग्ल्यान्ड एक समय ८-३, २८-४, ५५-५ हुँदै १०३-६ को अवस्थामा पुगेको थियो । साम करन र लिभिङस्टोनले सातौं विकेटका लागि १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ७ ओभरमा १ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिए । टिम साउथीले ७ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.