default_image

2 years ago

September 11, 2023

भारत र पाकिस्तानबीचको खेल आज पनि

2952 views

0 Bookmark

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण स्थगित भारत र पाकिस्तानबीचको बाँकी खेल आज हुनेछ ।आज खेल दिउँसो नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार वर्षाको कारण पुनः खेल हुन सकेन ।

भारतले खेल हिजैको अवस्थाबाट सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा रिजर्भ डे राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहिँबाट सुरु हुनेछ । आज पनि खेल हुन नसकेको अवस्थामा दुबै टोलीले एक एक अंक बाँड्नेछन् ।

भारतलाई पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गरेका थिए । रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए ।

रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । गिल ५२ बलमा १० चौकासहित ५८ रनमा क्याच आउट भएका थिए । शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए ।

भारतका विराट कोहली ८ र लोकेश राहुल १७ रनमा अविजित थिए । समूह चरणमा भारत र पाकिस्तानबीचको खेल पनि बर्षाकै कारण रद्द भएको थियो । भारत पाकिस्तानसँग उक्त खेलमा २ सय ६६ रनमा अल आउट भएको थियो । सुपर फोरमा भारतको यो पहिलो खेल हो । पाकिस्तानले भने सुपर फोरमा बंगलादेशलाई ७ विकेटले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.