default_image

2 years ago

September 11, 2023

ग्लोबल छनोटमा पुग्न नसकेपछि यस्तो भन्छिन् कप्तान रुविना

1480 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएकोछ । नेपाली क्रिकेट टोली सोमबार बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो ।

मलेसियामा सम्पन्न एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै ग्लोबलमा पुग्न सकेको थिएन । रुविनाले अपेक्षा अनुसार खेल्न नसकेको बताएकी छिन् ।

‘हामीले सोचे जस्तो जुन अपेक्षा गरेर खेलाडीहरुलाई जिम्मेवारी दिएर यो भूमिकामा खेल भनेर भनेका थियौं । टिम नयाँ पनि थियो । सिधैं धेरै अपेक्षा गर्न पनि मिल्दैन । उनीहरुलाई अझै अनुभव चाहिँएको हो की भन्ने हो । चार देश सम्मिलित सिरिजमा पछिल्लो दुई वर्षदेखी हराउन नसकेको हङकङलाई हराउने एउटा सकरात्मक पक्ष पनि हो’, रुविनाले स्वदेश फर्किएपछि भनिन् ।

रुविना नेपाली महिला क्रिकेट विकास गर्न दीर्घकालिन सोच आवश्यक भएको बताउँछिन् । ‘महिला क्रिकेट विकास गर्न दीर्घकालिन सोच आवश्यक छ जस्तो लाग्छ । एउटा प्रतियोगिता खेल्न जान्छौं । त्यसअघि सिरिज खेल्छौं । तर त्यसअघि हामी के गरेका थियौं भन्ने हो । केहि दिन अभ्यास गरेका हुन्छौं । हामी अभ्यास त गरेका हुन्छौं तर ठाउँमा चाहिँ आउन सकेको छैन । हामीले गर्नी तरिकाले नगरेको हो की सिकाउने मान्छे नभएको हो त्यो मलाई पनि थाहा भएन’, उनले भनिन् ।

रुविना ठूला सफलता हात पार्न नसक्दा दुःख लाग्ने बताउँछिन् । ‘मलाई दबाब भन्दा पनि दुःख लाग्छ । हामीले म्याच विनरहरु निकाल्न सकेका छैनौं । यो प्रतियोगितामा मैले खासै राम्रो खेलिन । खेल नै कस्तो उल्टोफुल्टो भयो । म्याच विनर नदेख्दा आफूहरुले नै खेल्न पर्नी हो की भन्ने अनुभव हुन्छ’, उनले भनिन् ।

नेपालले समूह चरणमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो । युएईसँग भने वर्षाको कारण खेल रद्द भएको थियो । नेटरनरेटका कारण युएई समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल खेलेका थिए ।

थाईल्यान्डले नेपाललाई ४६ रन तथा अर्को सेमिफाइनल खेलमा युएईले हङकङलाई ४७ रनले हराएको थियो । फाइनलमा युएईले थाईल्यान्डलाई ६ रनले हराउँदै उपाधि जितेका थिए । एसिया क्षेत्र छनोटबाट थाईल्यान्ड र युएईले ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

रुविनाको पूरा भिडियो :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.