default_image

2 years ago

September 12, 2023

भारतले आज श्रीलंकासँग खेल्दै

2659 views

0 Bookmark

एजेन्सी – उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको कोलोम्बोमा सुरु हुनेछ ।

सुपर फोरमा दुबै टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ । भारत यस खेलमा विजयी भएमा एक खेल अगावै ४ अंकका साथ फाइनलमा पुग्नेछ । भारतले सुपर फोरमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो ।

भारत विजयी हुँदा ४ अंक फाइनलमा पुग्न पर्याप्त हुनेछ । त्यसपछि श्रीलंका र पाकिस्तान मध्य एक टोली मात्रै ४ अंकमा पुग्न सक्नेछन् । भारत विजयी हुँदा बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेल निर्णायक बन्नसक्छ । बंगलादेश भने सुपर फोरबाट लगातार दुई हारका साथ बाहिरि सकेको छ ।

पाकिस्तानलाई हराउन भारतका विराट कोहलीले १ सय २२, लोकेश राहुलले १ सय ११, रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएका थिए । राहुल र कोहलीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । भारतको ब्याटिङमा गहिराई छ । तल्लोक्रममा हार्दिक पान्ड्या, ईशान किशन र रविन्द्र जडेजाले गर्दा मजबुत ब्याटिङ छ ।

जस्प्रित बुमराह टोलीमा फर्किएपछि भारतको बलिङ पनि उत्कृष्ट छ । बुमराह, मोहम्मद शिराज र शार्दुल ठाकुर तीव्र गतिका बलर हुन् । हार्दिक पान्ड्या चौथो विकल्प हुनेछन् ।

स्पिनर कुलदीप यादवले पाँच विकेट लिँदै पाकिस्तानको इनिङ ध्वस्त पारेका थिए । कुलदीप श्रीलंकाका ब्याटरलाई टाउको दुखाइको विषय बन्नसक्छन् । भारतले यसअघि पाकिस्तानविरुद्ध वर्षाको कारण लगातार दुई दिन खेल्नु परेको थियो । त्यसैले भारतलाई केहि घाटा हुनसक्छ ।

यता श्रीलंका घरेलु मैदान र दर्शकको भरपूर्ण फाइदा उठाउन चाहन्छ । ओपनर पाथुम निसांका, विकेटकिपर कुशल मेन्डिस र मध्यक्रमका ब्याटर सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको उच्च प्रदर्शन विना भारतलाई हराउन मुश्किल हुने देखिन्छ ।

अनुभवी ओपनर दिमुथ करुणारत्ने, बायाँ हाते ब्याटर चरिथ असलंका र अलराउन्डर धनन्जय डि सिल्भा पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । कप्तान दासुन शानकाको लय श्रीलंकालाई केहि चिन्ता बढेको छ । प्रमुख खेलमा शानकाबाट सानदार प्रदर्शन चाहन्छ ।

भारतविरुद्ध शानकाको प्रदर्शनमा राम्रो इतिहास पनिछ । गत जनवरीमा गुवाहाटीमा शानकाले भारतविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । प्रमुख बलर दुश्मन्था चामिरा र स्पिनर वानिन्दु हसरंगा नहुँदा श्रीलंकाको बलिङ आक्रामण केहि कमजोर बनेको छ ।

तर युवा बर मथिसा पाथिराना (बेबी मलिङ्गा) ले सानदार प्रदर्शन गर्दै आएका छन् । पाथिराना र स्पिनर महेश थिक्सेनाको प्रदर्शन श्रीलंकाको लागि बलिङमा निकै महत्वपूर्ण हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.