2 years ago
September 12, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । श्रीलंकाको कोलोम्बोमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिन आक्रामण मजबुत बनाउन शार्दुल ठाकुरको स्थानमा अक्षर पटेलले मौका दिएको छ । श्रीलंकाले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । सुपर फोरमा दुबै टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
भारत यस खेलमा विजयी भएमा एक खेल अगावै ४ अंकका साथ फाइनलमा पुग्नेछ । भारतले सुपर फोरमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो ।
श्रीलंका पनि भारतलाई हराउँदै सुपर फोरमा लगातार दोस्रो जित हात पार्न चाहन्छ । सुपर ओभरमा बंगलादेशलाई श्रीलंकाले २१ रनले हराएको थियो ।
भारत विजयी हुँदा ४ अंक फाइनलमा पुग्न पर्याप्त हुनेछ । त्यसपछि श्रीलंका र पाकिस्तान मध्य एक टोली मात्रै ४ अंकमा पुग्न सक्नेछन् । भारत विजयी हुँदा बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेल फाइनलमा पुग्न निर्णायक बन्नेछ ।
पाकिस्तानलाई हराउन भारतका विराट कोहलीले १ सय २२, लोकेश राहुलले १ सय ११, रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएका थिए । भारतको मनोबल पनि उच्च छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]