2 years ago
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।

तर समूह चरण परिवर्तन भएपछि नेपालले खेल्ने टोली पनि फेरिएको हो । नेपाल यसअघि समूह बी मा थियो । तर अव समूह ए मा नेपाल, मंगोलिया र माल्दिभ्स छन् । यसअघि समूह ए मा रहेको अफगानिस्तानले भने एसियाली खेलकुद नखेल्ने भएको छ ।
समूह बी मा जापान, कम्बोडिया र हङकङ छन् । समूह सी मा सिंगापुर, थाईल्यान्ड र मलेसिया छन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ ।
खेल टि२० शैलीमा हुनेछ । नेपाल टि२० आई वरियतामा १७ औं स्थानमा छ । माल्दिभ्स ८० औं स्थानमा छ । मंगोलिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपालले आफूभन्दा निकै कमजोर टोली माल्दिभ्स र मंगोलयामाथि टि२० क्रिकेटमा मैदानमा चौका र छक्काको वर्षा गराउने अनुमान गरिएको छ ।

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरि सकेकोछ । विश्वकपको कारण टेस्ट टोली भारत, पाकिसतान, बंगलादेश र श्रीलंकाले भने ए टोली पठाउने छन् ।
आगमी अक्टोबर ३० देखी नोभेम्बर ९ सम्म हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आयोजक नेपाल, मलेसिया, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्री छनोट ए बाट आउने एक टोली हुनेछन् ।
एसिया क्षेत्रीय छनोट ए आगमी सेप्टेम्बरमा कतारमा हुनेछ । उक्त छनोटमा कतार, कुवेत, माल्दिभ्स र साउदी अरेविया छन् । विजेता टोली विश्वकप छनोट खेल्न नेपाल आउने छ ।
नेपालमा हुने विश्वकप छनोटबाट शीर्ष दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । एसियाली खेलकुद विश्वकप छनोट अघि तयारी हुनेछ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]