default_image

2 years ago

September 12, 2023

ओडिआईमा रोहितको १० हजार रन पूरा

729 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले ओडिआईमा आफ्नो करिअरको १० हजार रन पूरा गरेका छन् । एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध रोहित शर्माले सुरुवाती २२ रन बनाउँदै १० हजार रन पूरा गरेका हुन् । उनी विश्व क्रिकेटमा ओडिआईमा १० हजार रन पूरा गर्ने १५ औं ब्याटर हुन् ।

ओडिआईमा भारतीय पूर्व ब्याटर सचिन तेन्दुलकरले ४ सय ६३ खेलमा ४९ शतकसहित कुल १८ हजार ४ सय २६ रन बनाएका छन् । उनीपछि श्रीलंकाका कुमार सांगकाराले ४ सय ४ खेलमा १४ हजार २ सय ३४ रन बनाएका छन् ।

३६ वर्षीय रोहित शर्माले २ सय ४८ ओडिआई खेलमा ३० शतक, ३ दोहोरो शतक र ५० अर्धशतक प्रहार गरेका छन् । ओडिआईको एकै खेलमा सर्वाधिक २ सय ६४ रन बनाउने कीर्तिमान रोहित शर्माको नाममा छ । उनले २०१४ मा श्रीलंकाविरुद्ध २ सय ६४ रनको इनिङ खेलेका थिए ।

रोहितले २००७ मा भारतबाट आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । सन् २००७ मा भारतले टि२० विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जित्दा रोहित टोलीका सदस्य थिए ।

रोहित भारतबाट ओडिआईमा १० हजार रन पूरा गर्ने छैटौं ब्याटर हुन् । विराट कोहलीले १३ हजार २४, सौरभ गांगुली ११ हजार ३ सय ६३, राहुल द्रविडले १० हजार ६ सय ८९, महेन्द्रसिंह धोनीले १० हजार ७ सय ७३ रन बनाएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.