2 years ago
September 12, 2023
एजेन्सी – श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनिथ वेलालेजले एसिया कपको सुपर फोर खेलमा भारतका प्रमुख पाँच ब्याटरको विकेट लिएका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ । अक्षर पटेल १ र रविन्द्र जडेजा ३ रनमा क्रिजमा छन् ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रनको साझेदारी गरेका थिए । दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए । दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । कोहली मिडअनमा क्याच आउट हुन पुगे ।
१६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई ५३ रनमा बोल्ड आउट गरे । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । राहुलले ४४ बलमा २ चौका प्रहार गरे ।
उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएका थिए । हार्दिक एज लागेर आउट हुन पुगेका थिए ।
उनको यो श्रीलंका क्रिकेट टोलीबाट पहिलो पाँच विकेट हो । दुनीथ वेलालेजले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । श्रीलंकाका प्रमुख स्पिनर वानिन्दु हसरंगा चोटका कारण टोलीमा नहुँदा उनले खेल्ने मौका पाएका छन् ।
समूह चरणमा अफगानिस्तानलाई दुई रनले हराउन उत्कृष्ट प्रदर्शन गरेका थिए । अफगानिस्तानलाई हराउन दुनिथले ३३ रन बनाउनुको साथै २ विकेट लिएपछि श्रीलंकाले सुपर फोरमा स्थान बनाएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]