default_image

11 months ago

September 12, 2023

दुनिथ र चरिथको उत्कृष्ट बलिङमा भारत मध्यम योगफलमै रोकियो

2251 views

0 Bookmark

एजेन्सी – युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई २ सय १४ रनको मध्यम लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भयो ।

भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । एक दिनअघि मात्रै पाकिस्तानविरुद्ध दुई शतकसहित विशाल योगफल बनाएको भारतलाई मध्यम योगफलमै राख्न श्रीलंकाका स्पिनरले नै पूरै १० विकेट लिए ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण आगमनसँगै भारतले लगातार विकेट गुमाउन पुगेको थियो । दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए । भारतका शीर्ष चार विकेट नै उनले लिँदै श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।

दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । अघिल्लो दिन मात्रै पाकिस्तानविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका कोहली मिडअनमा समातिन पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । राहुलले ४४ बलमा २ चौका प्रहार गरे ।

उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो ।

उता पार्ट टाइम स्पिनर असंलकाले पनि सानदार प्रदर्शन गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए ।

असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए ।

एक समय भारत २९.५ ओभरमा १५४–३ को बलियो अवस्थामा थियो । तर श्रीलंकाको स्पिन सामु मध्यक्रम र तल्लोक्रम ब्याटिङ सम्हाल्लिन सकेन । भारतले सोमबार मात्रै पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाएको थियो । कुलदीप यादवले ५ विकेट लिएपछि भारत २ सय २८ रनले विजयी भएको थियो ।

श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए । महेश थिक्सेनाले ९.१ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । पुरै १० विकेट स्पिनरले लिएका थिए ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.