2 years ago
September 12, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर एडेन माक्ररमको उत्कृष्ट शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ३ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । सेड्गार्स पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनायो ।

एडेन माक्ररम ७४ बलमा ९ चौका र ४ छक्कासहित १ सय २ रनमा क्रिजमा रहे । माक्ररमले अन्तिम बलमा जोश हेजलवुडलाई चौका हान्दै ओडिआई करिअरको दोस्रो शतक पूरा गरेका थिए । अन्तिम बलमा शतक पूरा गर्न उनलाई दुई रन आवश्यक थियो ।
ओपनर तथा विकेटकिपर क्विन्टन डि ककले ७७ बलमा १० चौका र २ छक्कासहित ८२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान टेम्बा बभुमा ६२ बलमा ६ चौकासहित ५७ रनमा आउट भए । दक्षिण अफ्रिकालाई ओपनर डि कक र टेम्बा बभुमाले २२.५ ओभरमा १ सय ४६ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
डि कक स्पिनर ट्रविस हेडको बलमा डेविड वार्नरबाट क्याच आउट हुन पुगेका थिए । रिजा हेन्ड्रिक्स ४५ बलमा ३ चौकासहित ३९, हेनरिक क्लासेन डक र डेविड मिलर ८ रनमा आउट भए । मार्को यानसन १६ बलमा ४ चौका र १ छक्काससहित ३२ रनमा आउट भए ।
अष्ट्रेलियाका पार्टटाइम स्पिनर ट्रविस हेडले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । नाथन एलिस, मार्कस स्टोइनिस र तनविर संघाले एक एक विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]