default_image

3 months ago

September 12, 2023

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । श्रीलंकाका युवा अलराउन्डर दुनिथ […]

6604 views

0 Bookmark

एजेन्सी – भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले एक खेल अगावै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।

श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेलालागेले ४६ बलमा ३ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहेपनि जिताउन सकेनन् । दुनिथले बलिङमा पाँच विकेट समेत लिएका थिए ।

धनन्जय डि सिल्भाले ६६ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले उत्कृष्ट सुरुवात दिलाएका थिए । बुमराहले तेस्रो ओभरको पहिलो बलमै ओपनर पाथुम निसांकालाई विकेटकिपर लोकेश राहुलबाट ६ रनमा क्याच गराए । बुमराहकै बलमा कुशल मेन्डिस १५ रनमा वैकल्पिक फिल्डर सूर्यकुमार यादवबाट क्याच आउट भए ।

मोहम्मद शिराजले ओपनर दिमुथ करुणारत्नेलाई फस्ट सिलिपमा शुभमन गिलबाट २ रनमा क्याच गराएपछि श्रीलंका ७.१ ओभरमा २५-३ को अवस्थामा पुगेको थियो । सदिरा समाराविक्रमा ३१ बलमा १ चौकासहित १७ रनमा राहुलबाट स्टम्पिङ आउट भए । कुलदीप यादवको बलमा ठूलो सट खेल्ने धुनमा उनी मिस भएपछि आउट हुन पुगेका थिए ।

चरिथ असलंका ३५ बलमा २ चाकासहित २२ रनमा कुलदीपकै बलमा आउट भए । रविन्द्र जडेजाले कप्तान दासुन शानकालाई फस्ट स्लिपमा रोहित शर्माबाट ९ रनमा क्याच गराएपछि श्रीलंका २५.१ ओभरमा ९९-६ को अवस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि धनन्जय डि सिल्भा र दुनीथले ७५ बलमा ६३ रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजाको बलमा डि सिल्भा मिडअनमा गिलबाट क्याच आउट भए । सिल्भाको विकेटसँगै जितको सम्भावना लगभग समाप्त भएको थियो ।

भारतका कुलदीप यादवले ९.३ ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले दुई, हार्दिक पान्ड्या र मोहम्मद शिराजले एक एक विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २ सय १३ रनमा अल आउट भएको थियो । भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेन । युवा स्पिनर दुनिथ वेलालागे र पार्टटाइम स्पिनर चरिथ असलंकाले सानदार बलिङ गर्दै मध्यम योगफलमै रोकेका थिए ।

दुनीथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै भारतको साझेदारीमा ब्रेक लगाएका थिए । भारतका शीर्ष चार ब्याटरलाई आउट गर्दै दुनीथले श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।

दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए ।

उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो ।

अर्को एन्डबाट असंलकाले उत्कृष्ट बलिङ गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए ।

असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए ।

श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् ।

यी दुबै स्पिनरको करिअरको उत्कृष्ट प्रदर्शन हो । अर्का स्पिनर धनन्जय डि सिल्भाले विकेट लिन नसकेपनि १० ओभरमा मात्रै २८ रन खर्चेर दबाबमा राखेका थिए । स्पिनर महेश थिक्सेनाले ९.१ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

सुपर सिक्स खेलमा भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले रहाएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बंगलादेश सुरुवाती दुई हारका साथ फाइनल दौडबाट बाहिरिएको छ । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ ।

November 30, 2023

भारत तीन फरक कप्तानका साथ दक्षिण अफ्रिका जाने

एजेन्सी – भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ । भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ । भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ । रविन्द्र जडेजा टि२० मा उपकप्तान छन् । तीव्र गतिका बलर […]

November 30, 2023

बागमती प्रदेशले महिला क्रिकेट छनोटको लागि २५ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० छनोट अन्तर्गत प्रदेश छनोटका लागि बागमती प्रदेशले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् ले बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता आयोजना गर्दैछ । बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद विकास परिषद्, बागमतीले प्रदेशले प्रदेश […]

November 30, 2023

एपिएफलाई हराउँदै मधेश पहिलो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै पहिलो पटक फाइनलमा पुगेको छ । मधेश पहिलो पटक फाइनलमा पुगेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ । जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

Success

Thank you for your time.