2 years ago
September 13, 2023
एजेन्सी – एसिया कपको सुपर फोर खेलमा बिहीबार पाकिस्तान र श्रीलंकाबीचको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेल दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । श्रीलंका र पाकिस्तान दुबै समान दुई खेलमा २–२ अंक जोडेका छन् । सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो ।
भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बंगलादेश अंक विहीन हुँदै पुछारमा छन् । बंगलादेश सुपर फोरबाटै बाहिरिएको छ । श्रीलंका र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अंक हुनेछ । ४ अंक हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ ।
तर यदि वर्षाको कारण रद्द भएमा दुबै टोलीको समान ३ अंक हुनेछ । नेटरनरेटको कारण श्रीलंका फाइनल खेल्नेछ । श्रीलंकाको नेटरनरेट माइनस ०–२०० छ । पाकिस्तानको नेटरनरेट माइनस १.८९२ छ ।
यदि खेल रद्द हुँदा भारतसँगको २ सय २८ रनको हार पाकिस्तान बाहिरिनुको मुख्य कारण बन्नेछ । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बंगलादेशबीच हुनेछ । फाइनल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]