2 years ago
September 13, 2023
एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा फाइनलमा पुग्न निर्णायक मानिएको श्रीलंकाविरुद्ध प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ । बिहीबार कोलोम्बोमा हुने खेलको लागि पाकिस्तानले आफ्नो प्लेइङ ११ घोषणा गरेको छ ।

पाकिस्तानले भारतसँग २ सय २८ रनले पराजित भएपछि ओपनर फखार जमान, हरिस रौफ, नसिम शाह, फहिम अशरर्फ र अघा सलमानलाई बेन्चमा राखेको छ । युवा ब्याटर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध प्लेइङ ११ मा मौका दिएको छ । जमान खानको डेब्यू हुनेछ ।
श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ । तर पाकिस्तानका दुई प्रमुख बलिङ हतियार रौफ र नसिम शाह नहुने भएका छन् । यी दुबै बलर भारतविरुद्धको खेलमा घाइते भएका थिए । नसिमले पुरै प्रतियोगिता गुमाउने भएका छन् ।
नसिम बाहिरिएपछि पाकिस्तानले युवा तीव्र गतिका बलर जमान खानलाई डेब्यू दिने भएको छ । ६ टि२० आई खेल खेलि सकेका २२ वर्षीय जमान खान योर्कर र गतिका लागि चिनिन्छन् ।

मध्यक्रम ब्याटिङ मजबुत बनाउन सलमान अघालाई बाहिर राख्दै साउद सकिललाई मौका दिएको छ । साउद सकिलले मात्रै ७ टेस्ट खेलमा एक दोहोरोशतकसहित, २ शतक र ६ अर्धशतकसहित ८ सय ७५ रन बनाएका छन् । गत जुलाईमा श्रीलंकाविरुद्ध २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेल्ने गर्दछन् । स्पिन राम्रो खेल्ने हुँदा अघा अलीको ठाउँमा उनलाई मौका दिएको हो ।
ओपनर फखार जमानलाई पनि बेन्चमा राखेको छ । फखार जमान लयमा छैनन् । लगातार खराब प्रदर्शन गरेपछि जमानको स्थानमा युवा ब्याटर मोहम्मद हरिसलाई मौका दिएको छ । हरिस आक्रामक ब्याटिङको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर फहिम अशरफको स्थानमा मोहम्मद नवाजलाई मौका दिएको छ । नवाज स्पिन अलराउन्डर हुन् ।
सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो । भारतसँग २ सय २८ रनले पराजित भएको थियो । पाकिस्तान फाइनलमा जित बाहेक अन्य कुनै विकल्प बाँकी छैन ।
वर्षाको कारण खेल रद्द भएपनि नेटरनरेटको कारण बाहिरिनु पर्ने समिकरण छ । भारत भने २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । फाइनल आगमी आइतबार हुनेछ ।
श्रीलंकाविरुद्ध खेल्ने पाकिस्तानको प्लेइङ ११ :
मोहम्मद हरिस, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), साउद सकिल, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]