2 years ago
September 14, 2023
एजेन्सी – बायाँ हाते ब्याटर बेन स्टोक्सको कीर्तिमानी शतकमा इंग्ल्यान्डले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डमाथि १ सय ८१ रनको फराकिलो जित हात पारेको छ । योसँगै चार ओडिआई खेलको सिरिजमा घरेलु टोली इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ ।

जितको लागि ३ सय ६९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा १ सय ८७ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ७६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए ।
रचिन रविन्द्रले २२ बलमा ५ चौकासहित २८,कायल जेमिसन १४, ओपनर डेभन कन्वे ९, विल योंग १२, हेनरी निकोलस ४, डर्याल मिचेल १७ र टम लाथम ३ रनमा आउट भए ।
इंग्ल्यान्डका क्रिस वोक्सले ८ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रिस टोप्लीले ९ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । साम करन र मोईन अलीले एक एक विकेट लिए ।
त्यसअघि लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड ४८.१ ओभरमा ३ सय ६८ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय ८२ रनको विष्फोटक शतकीय इनिङ खेले । बेन स्टोक्सको ओडिआई करिअरको चौथो र सर्वोत्कृष्ट प्रदर्शन हो । यसअघि स्टोक्सको ओडिआईमा उच्च प्रदर्शन २०१७ मा अष्ट्रेलियाविरुद्ध १ सय २ रन मात्रै थियो ।
स्टोक्स इंग्ल्यान्डबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उनले २०१८ मा ओपनर जेसन रोयको अष्ट्रेलियाविरुद्ध १ सय ८० रनको कीर्तिमान तोडे ।
स्टोक्स बेन लिस्टरको ४५ औं ओभरको तेस्रो बलमा विल योंगबाट क्याच भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए । गत जुलाईमा ओडिआईबाट सन्न्यास लिएका थिए । तर विश्वकपको लागि इंग्ल्यान्डले आग्रह गरेपछि सन्न्यास फिर्ता लिएका थिए । यस प्रदर्शनले इंग्ल्यान्डको मनोबल झनै बढ्नेछ ।
ओपनर डेविड मलान ९५ बलमा १२ चौका र १ छक्कासहित ९६ रनमा आउट भए । तेस्रो विकेटका लागि मलान र स्टोक्सले १ सय ९९ रनको साझेदारी गरेका थिए ।
ठूलो सटको चक्करमा अन्य ब्याटर भने सस्तैमा आउट भए । कप्तान जस बटलर २४ बलमा ६ चौका र १ छक्कासहित ३८, लियाम लिभिङस्टोन ११, मोईन अली १२, जो रुट ४ र जोनी बेयरस्टो डक आउट भए ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ९.१ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । बेन लिस्टरले ९ ओभरमा ६९ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन र ग्लेन फिलिप्सले एक एक विकेट लिए ।
पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ७९ रनले विजयी भएको थियो । चौथो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]