2 years ago
September 14, 2023
एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा कोलोम्बोमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । तर वर्षाको कारण खेल रद्द भएमा श्रीलंका नेटरनरेटको कारण फाइनलमा स्थान बनाउनेछ ।

सुपर फोर खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराउँदा भारतसँग २ सय २८ रनको लज्जास्पद हार व्यहोरेको थियो । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराउँदा भारतसँग ४१ रनको हार व्यहोरेको थियो ।
भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । समान २ अंक भएपनि नेटरनरेटको कारण श्रीलंका दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । श्रीलंकाको नेटरनरेट माइनस ०.२०० र पाकिस्तानको माइनस १.८९२छ ।
पाकिस्तानले पछिल्लो भारतसँगको खेलबाट टोलीमा पाँच परिवर्तन गरेको छ । ओपनर फखार जमान, मध्यक्रमका ब्याटर अघा सलमान, तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र फहिम अशरफलाई बेन्चमा राखेको छ ।
युवा ओपनर मोहम्मद हरिस, मध्यक्रमका ब्याटर साउद सकिल, स्पिन अलराउन्डर मोहम्मद नवाज, तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र जमान खानलाई श्रीलंकाविरुद्ध खेलाउनेछ ।

रौफ र शाह चोटका कारण टोलीमा नभएका हुन् । अन्य तीन खेलाडी कमजोर प्रदर्शनका कारण टोलीमा नपरेका हुन् । कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ ।
यी दुई ब्याटरको उच्च प्रदर्शन बिना जित निकाल्न कठिन पर्नसक्छ । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी प्रमुख हतियार हुन् । रौफ र शाह नहुँदा बलिङ आक्रामण कमजोर बन्नसक्छ ।
उता भारतविरुद्ध ४२ रन बनाउनुको साथै पाँच विकेट लिएका स्पिनर दुनिथ वेलालागे पाकिस्तानलाई घातक बन्नसक्छन् । पाकिस्तानले भारतीय स्पिनर कुलदीप यादवविरुद्ध कमजोर प्रदर्शन गरेका थिए ।

श्रीलंकाका कप्तान दासुन शानका खराब लयबाट गुज्रिएका छन् । साविक वितेजा श्रींलका शानकाबाट सानदार प्रदर्शन चाहन्छ । ओपनर दिुमथ करुणारत्नेको स्थानमा कुशल परेरालाई मौका दिनसक्छ । कुशल मेन्डिस र सदिरा समाराविक्रमा प्रमुख ब्याटर हुन् । मथिसा पाथिराना र कसुन रजिथा तीव्र गतिका बतियार हुन् ।
दुवै टोलीलाई चोटले सताएको छ । आफ्ना प्रमुख बलर दुबै टोलीमा छैनन् । श्रीलंकाका दुश्मन्था चामिरा र वानिन्दु हसरंगा चोटका कारण यस प्रतियोगितामै छैनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]