default_image

2 years ago

September 14, 2023

चन्द नै क्यानको अध्यक्षमा दोहोरिने उच्च सम्भावना

7395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को असोज ५ र ६ गते हुने केन्द्रिय चुनावमा चतुरबहादुर चन्द नै पुन अध्यक्षमा निर्वाचित हुने सम्भावना छ । ४५ जिल्ला र ७ प्रदेशको चुनाव सम्पन्न भएसँगै चन्द नै अध्यक्षमा निरन्तर हुने समिकरण बनेको हो ।

वर्तमान अध्यक्ष चन्दले अध्यक्षमा अर्को कार्यकालका लागि पनि अध्यक्ष पदमा उठ्ने हाम्रो खेलकुदलाई बताएका छन् । ‘आफ्नो ‘चार वर्ष कार्यकालमा कोरोना महामारी र विभिन्न कारणले सोचेको काम पूरा गर्न सकिएन । अबको चार वर्षमा घरेलु क्रिकेटको संरचना र पूर्वाधार विकासमा प्राथमिकताका साथ काम गर्नेछौं,’ उनले भने ।

क्यानको चुनाव आउन एक साता मात्रै बाँकी छ । चन्द बाहेक अन्यले अध्यक्ष पदका लागि सार्वजनिक रुपमा दाबेदारी प्रस्तुत गरेका छैनन् । त्यसैले पनि चन्द सकेसम्म कार्यसमिति निर्माण सर्वसम्मत नै होस् भन्ने मनसायका साथ अघि बढेका छन् ।

‘सबै मिलेर अघि बढ्नुपर्छ भन्ने नै हो । प्रदेश र जिल्ला निर्वाचनपछि सबैबाट सकारात्मक छलफल भएको छ । एकजुट भएर अघि बढ्ने लक्ष्य अनुसार नै छलफलमा छौं,’ चन्दले भने ।

सिंह पछि हट्दा चन्दलाई सहज

क्यानका वर्तमान कोषाध्यक्ष रोशन सिंहले पछिल्लो दुई वर्षदेखि अध्यक्षमा लड्ने तयारी गरेका थिए । चन्दसँग अध्यक्षमा भिड्नकै लागि उनी जिल्ला एवं प्रदेश निर्वाचनमा पनि लागेका थिए । तर प्रदेश चुनावको नतिजा आफू अनुकुल नआएपछि उनी नउठ्ने पक्का जस्तै देखिन्छ ।

विशेषगरि कोशी र बागमती प्रदेशमा आफ्नो प्यानलको हारपछि सिंह अध्यक्ष पदमा नउठ्ने समिकरण बनेको हो । वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहेका सिंहले फेरीपनि चन्दसँगै मिलेर अघि बढ्ने देखिन्छ ।

क्यान जिल्ला र प्रदेश चुनावमा तीन धार

जिल्ला र प्रदेशको चुनावमा तीन धारमा देखिएको थियो । अध्यक्ष दावेदार चन्द र सिंहसँगै पूर्वकप्तान पारस खड्काले चुनावको बलियो तयारी गरेका थिए । पारस काठमाडौं जिल्ला सदस्य हुँदै बागमती प्रदेशको अध्यक्षमा जितेका छन् । पारस क्यान पदाधिकारीमा आउने पक्का छ । यद्यपि उनले कुन पदमा उठ्ने आधिकारीक रुपमा सार्वजनिक गरेका छैनन् ।

रोशन सिंह, वर्तमान सचिव दुर्गाराज पाठक र पूर्व सचिव प्रशान्त विक्रम मल्लको एउटा प्यानल थियो । तर प्रदेशको नतिजा चन्दसँग मिलेर लड्न बाहेक अन्य विकल्प छैन । यता पारस प्यानल भने बलियो दाबेदारी प्रस्तुत गरेको छ । पारसले चन्दसँग मिलेर चुनाव लड्ने सम्भावना छ ।

यदि पारस र चन्द एकसाथ चुनावमा उभिए जित्ने सम्भावना लगभग पक्काजस्तो छ । क्यानको चुनावमा कुल ८६ मत छ । अध्यक्षसहित प्रमुख पदाधिकारी पद जित्न ४४ मत आवश्यक पर्दछ । यदि चन्दसँग मिलेको खण्डमा पारसलाई कुनैपनि पदमा जित्न सहज हुने देखिन्छ ।

उता चन्द भने सकेसम्म तीनै पक्षलाई मिलाएर सर्वसमत केन्द्रिय समिति चुन्ने प्रयासमा छन् । चन्दले आफूले कुन पक्षलाई साथ दिने औपचारिक रुपमा खुलाएका छैनन् । नेपाली क्रिकेट विकासको लागि सबै पक्षलाई एक बनाएर लैजाने योजना बनाएका छन् ।

नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्याउन पारसको भूमिका महत्त्वपूर्ण हुने चन्दले बुझेका छन् । त्यसैले उनले पारसलाई पनि समेटेर अघि बढ्ने योजना बनाइरहेका छन् । क्यानका अन्य पदाधिकारी र कर्माचारीले काम गर्न नसकेको अवस्थामा पारस सबैभन्दा ठूला आशाका किरण हुन् ।

तर वर्तमान क्यान नेतृत्वका केहि पदाधिकारी भने पारसलाई भित्र्याउन चाहदैनन् । त्यसैकारण बागमती प्रदेश चुनावमा पारसविरुद्ध अर्को प्यानल खडा भएको थियो । पारसलाई प्रदेशमै रोक्ने प्रयास असफल भएको थियो । अब उनीहरुको लक्ष्य पारसलाई क्यान नेतृत्वमा रोक्ने देखिन्छ । तर पारसले तालमेल गर्दै बलियो सम्भावना प्रस्तुत गरेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.