default_image

1 year ago

September 15, 2023

यू-१९ प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

7346 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ प्रिमियर कप खेल्ने २४ सस्दयीय प्रारम्भिक टोली घोषणा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म मलेसियामा हुनेछ । १६ एसोसिएट टोली सहभागी प्रतियोगितामा शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछ । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो ।

नेपालले गत फागुनमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट उपाधि जित्दा १४ सदस्यीय टोलीलाई निरन्तरता दिएको छ । नेपाली क्रिकेट टोलीबाट खेलि सकेका देव खनालसँगै यू१९ का कप्तान अभिषेक तिवारी, निरज यादव र नरेन भट्टलाई बोलाएको छ । अभिषेक तीव्र गतिका बलर, निरज ओपनर र नरेन मध्यक्रमका ब्याटर हुन् ।

समूह ए मा नेपाल, बहराइन, साउदी अरेविया र ईरान छन् । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्यस छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिस सिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव ।

December 4, 2024

नेपाल प्रिमियर लिग – काठमाडौं र कर्णाली खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलोमा पराजित काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल हुदैछ । आजको पहिलो खेलमा कर्णाली र काठमाडौं खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो […]

December 3, 2024

कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो मंगलवार नेपाल आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विलियमलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले स्वागत गरेका थिए । ३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टि ट्वान्टी प्रतियोगिता खेलेका छन् । उनले […]

December 3, 2024

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ । एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो । १ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन […]

Success

Thank you for your time.